default_image

3 years ago

February 27, 2023

पेरिस ओलम्पिकको लागि नेपालको प्रारम्भिक टोली घोषणा

410 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले पेरिस ओलम्पिक २०२४ को एसियाली छनोटको लागि नेपालको महिला टोलीकाे प्रारम्भिक घोषणा गरेको छ ।

महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । चोटका कारण डिफेन्डर गीता रानालाई टोलीमा समावेश गरिएको छैन । बन्द प्रशिक्षण फागुन १९ गतेदेखि एन्फा कम्प्लेक्समा सुरु हुने एन्फाले जनाएको छ ।

सन् २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकको एसियाली छनोटअन्तर्गत महिला फुटबलको समूह ‘सी’ का खेलहरू नेपालमा हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा अफगानिस्तान र भियतनाम छ । अफगानिस्तानले अप्रिल ५ मा भियतनामसँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल अप्रिल ८ मा अफगानिस्तानसँग खेल्नेछ । अप्रिल ११ मा भियतनामसँग खेल्नेछ । खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

ओलम्पिक छनोटको तयारीकै लागि नेपालले भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दा नेपालको प्रशिक्षण थापाले गरेका थिए । नेपालले भारतसँगको पहिलो खेलमा २–२ गोलको बराबरी तथा दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो ।

प्रारम्भिक टोली
एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, विमला विक, सपना राई, अमृता जैशी, हिरा कुमारी भुजेल, निशा थोकर, समीक्षा घिमिरे, प्रीति राई, अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, दिपा शाही, सरु लिम्बु, रेनुका नगरकोटे, सविता राना मगर, निर्मला विक, सावित्रा भण्डारी, अमिषा कार्की, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रजनी थोकर, पूजा राना, दीपा न्यौपाने, सरस्वती ऐर, सरस्वती हमाल, अन्जली वाइबा, सिर्जना चेम्जोङ, गंगा गुरुङ, मन्जली कुमारी योन्जन, चन्द्रा भण्डारी, प्रतिक्षा चौधरी, मेनुका आले मगर र सारा बज्राचार्य

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.