3 years ago
February 28, 2023
एजेन्सी – अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले आफ्नो सम्झौता सन् २०२६ सम्म लम्ब्याएको छ । नयाँ सम्झौतासँगै स्कोलानीले सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपसम्म अर्जेन्टिनाको प्रशिक्षण सम्हाल्नेछन् ।

उनले सोमबार राति मात्रै २०२२ को उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्न सफल भएका छन् । पेरिसमा नै एएफए अध्यक्ष क्लाउडियो तापिया र लियोनेल स्कालोनीबीच सम्झौता अवधि लम्ब्याउन सहमत भएको एएफएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
४४ वर्षीय स्कालोनीले सन् २०२२ को विश्वकपमा फ्रान्सलाई नाटकीय फाइनलमा पेनाल्टीमा पराजित गर्दै अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएका थिए ।
स्कोलानीलाई सन् २०१८ मा अर्जेन्टिना फुटबल संघ (एएफए) ले मुख्य प्रशिक्षकमा नियुृक्त गरेको थियो । उनले आफ्नो कार्यकालमा अर्जेन्टिनालाई सन् २०२१ को कोपा अमेरिका पनि जिताउन सफल भएका थिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]