default_image

3 years ago

February 28, 2023

आर्मीलाई भद्रपुर झापा गोल्डकपको उपाधि

298 views

0 Bookmark

हिमाल खरेल, भद्रपुर

त्रिभुवन आर्मी क्लबले मुस्ताङ भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गोलकिपर समित श्रेष्ठ नायक बनेपछि आर्मीले मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै उपाधि जितेको हो ।

मेची रंगशालामा मंगलबार भएको फाइनलको निर्धारित समय र थप समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा आर्मीका गोलकिपर समितको प्रदर्शन उच्च रह्यो । उनले मछिन्द्रका दुई खेलाडीको प्रहारलाई रोकेका थिए ।

आर्मीका लागि पेनाल्टीमा जितेन्द्र कार्की, सन्तोष केसी, प्रज्वल गुरुङ र सुशान्त चौधरीले गोल गरे । मछिन्द्रका गोलकिपर विशाल श्रेष्ले सेसेहाङ आङ्देम्बेको प्रहारलाई रोके । मछिन्द्रका दिवाकर चौधरी, सुजल श्रेष्ठ र दीपेश घलेले गोल गरे । रन्जित धिमाल र देवेन्द्र तामाङको प्रहारलाई समितले रोके ।

चौधरी ग्रुपको मुस्ताङ बियरको मुख्य प्रायोजन रहेको प्रतियोगितामा आर्मीले उपाधिसहित १३ लाख र दोस्रो भएको मछिन्द्रले ७ लाख रुपैयाँ प्राप्त गरे । मछिन्द्रले लगातार दोस्रो दिन फाइनल खेल्नेछ । दशरथ रंगशालामा बुधबार हुने केपी ओली कपको फाइनलमा मछिन्द्रले अर्को ए डिभिजन टोली सातदोबाटो युथ क्लबको सामना गर्नेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.