9 years ago
December 31, 2016
दिपक बोहोरा
पाँचथर– साविक विजेता कर्ण सिं सोनाम स्मृतिले मोरङको साइनो क्लबलाई हराउँदै फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि रक्षाको यात्रा सुरु गरेको छ ।

फिदिम उच्च माविमा शनिबार भएको खेलमा साइनोलाई १–० कर्ण सिं सोनाम स्मृतिले क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । दोस्रो हाफको १६ औं मिनेटमा खमिर गिल्सन कन्दङवाले गरेको गोल नै खेलको निर्णायक बन्यो । खमिरले साइनो क्लबका रक्षकहरुलाई छलाउँदै गोल गरेका थिए । पहिलो हाफमा निकै राम्रो खेल प्रर्दशन गरेको साइनो क्लब दोश्रो हाफमा केहि दबाबमा परेका थिए । रुस्लान थ्री स्टारबाट समेत खेलिसकेको बिजय धिमाल , बिष्णु सुनुवार ,निराजन खङ्का , हेम गुरुङ र दिपक राई सोनाम सिंबाट खेलेका थिए । कर्ण सिं सोनामका प्रशिक्षक डि. एम कन्दङवाले आफ्ना खेलाडीहरुले खेल जिते पनि सोचे अनुरुप खेल प्रर्दशन नगरेको बताए । हाम्रो खेलकुदसँग उनले भने, ‘अब अर्को खेलमा अझ मिहेनत गर्नुपर्छ ।’ साइनो क्लबका बुद्धिमान राई म्यान अफ दि म्याच घोषित भएका थिए ।
फाल्गुनन्द गोल्ड कपमा आइतबारको खेल
विर्ता युनाटेड झापा बिरुद्ध सेर क्लब कालिङपोङ
समय दिनको २ बजे
फिदिम उच्च माविको खेलमैदान
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]