default_image

3 years ago

February 28, 2023

सातदोबाटो युथलाई लि निङको प्रायोजन

353 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन टोली सातदोबाटो युथ क्लबलाई चीनिया खेल समाग्री उत्पादन कम्पनी लि निङले प्रायोजन गरेको छ । नेपालका लागि लि निङको आधिकारिक विक्रेता चाइना ट्रेड लिङ्क प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन महर्जन र सातदोबाटोका अध्यक्ष कपिल राना मगरले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार आसन्न ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबको टोलीले चाईना ट्रेड लिङ्कको लिनिङ र युक्यान ब्राण्डको किट प्रयोग गर्नेछ । एक वर्षका लागि भएको सम्झौता अवधिमा सातदोबाटोले घरेलु मैदानमा हुने खेलमा लिनिङ र घर बाहिर हुने लिगको खेलमा युक्यानको जर्सी प्रयोग गर्ने बताइएको छ । लिग फागुन १९ गते देखि हुने एन्फाले घोषणा गरिसकेको छ ।

क्लबका अध्यक्ष राना मगरले यस सम्झौताले आफुहरुलाई हौसला थपिएको बताएका छन् । उनले नयाँ सिजनको लिगका लागि क्लब तयारी अवस्थामा रहेको जानकारी दिदै लि निङ संगको सहकार्यले लिगमा राम्रो नतिजाका लागि उत्साहित बनाएको बताएका छन् ।

चाइना ट्रेडका कार्यकारी अधिकृत महर्जनले आफू अरनिको आवासिय मावि अध्ययन गर्दा अहिले सातदोबाटो क्लबको कार्यलय रहेको स्थानमा स्कुल बस कुर्ने गरेको स्मरण गर्दै सातदोबाटो क्लबले दक्षिण ललितपुरका प्रतिभालाई राष्ट्रिय स्तरको फुटबल खेलाडीका रुपमा तयार पार्न सहयोग पुर्याउने आशा राखेको बताए । लि लिङले राष्ट्रिय बास्केटबल टोलीलाई पनि किट्स प्रायोजन गर्दै आएको छ ।

गत वर्ष ए डिभिजन लिगको पहिलो सहभागितामा नै लिगमा चौथो स्थान प्राप्त गरेको सातदोबाटोले बुधबार दशरथ रंगशालामा हुने केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा लिगको साविक विजेता मछिन्द्र एफसीको सामना गर्नेछ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.