default_image

3 years ago

February 28, 2023

च्यासल रंगशालाको उद्घाटन

288 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरको च्यासलमा रहेको च्यासल टेक्निकल सेन्टर (रंगशाला)को उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार च्यासल टेक्निकल सेन्टरको औपचारिक उद्घाटन गरेका हुन् । यससँगै यस च्यासल मैदानमा यो सिजनको सहिद स्मारक लिगका खेलहरु सञ्चालन हुनेछन् ।

यस मैदानमा ए डिभिजनको नव प्रवेशी चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र चार पटकको च्याम्पियन नेपाल पुलिस क्लबबीच पहिलो खेल हुनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो राजनीतिक जीवनको असाध्यै महत्वपूर्ण समय (झन्डै ७ वर्ष) च्यासलमा बिताएको स्मरण गर्दै प्रधानमन्त्रीका हैसियतले च्यासल रंगशालाको उद्घाटन गर्न पाउँदा विशेष हर्ष र गर्वको महशुस भएको बताए ।

प्रधानमन्त्री दाहालले विगतमा खेलकुद क्षेत्रलाई न्युन बजेट विनियोजन हुँदै आएकोमा आगामी आर्थिक वर्षमा गुणात्मक रुपमा बजेट बृद्धि गर्ने प्रतिबद्धता जनाए ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले च्यासल रंगशालाको बारेमा जानकारी गराउदै दशरथ रंगशालाको विकल्पका रुपमा च्यासल रंगशाला निर्माण गरिएको बताए । करिब २९ करोड लागतमा निर्माण भएको च्यासल रंगशालाको दर्शक क्षमता संख्या ६ हजार २ सय ३६ रहेको छ ।

२०७४ साल असारमा च्यासल रंगशालाको व्यापक स्तरबृद्धि गर्ने उद्देश्यले पुनर्निर्माणको काम सुरु गरिएको थियो । कोभिडका कारण रंगशाला पुनर्निर्माणको काममा ढिलाई समेत भएको थियो । च्यासल रंगशालामा चेन्जिङ, मेडिकल, रेफ्री, मिडिया, सुरक्षा गार्ड, प्रशासनीक कक्षलगायतका सुविधा छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.