3 years ago
February 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरको च्यासलमा रहेको च्यासल टेक्निकल सेन्टर (रंगशाला)को उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार च्यासल टेक्निकल सेन्टरको औपचारिक उद्घाटन गरेका हुन् । यससँगै यस च्यासल मैदानमा यो सिजनको सहिद स्मारक लिगका खेलहरु सञ्चालन हुनेछन् ।

यस मैदानमा ए डिभिजनको नव प्रवेशी चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र चार पटकको च्याम्पियन नेपाल पुलिस क्लबबीच पहिलो खेल हुनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो राजनीतिक जीवनको असाध्यै महत्वपूर्ण समय (झन्डै ७ वर्ष) च्यासलमा बिताएको स्मरण गर्दै प्रधानमन्त्रीका हैसियतले च्यासल रंगशालाको उद्घाटन गर्न पाउँदा विशेष हर्ष र गर्वको महशुस भएको बताए ।
प्रधानमन्त्री दाहालले विगतमा खेलकुद क्षेत्रलाई न्युन बजेट विनियोजन हुँदै आएकोमा आगामी आर्थिक वर्षमा गुणात्मक रुपमा बजेट बृद्धि गर्ने प्रतिबद्धता जनाए ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले च्यासल रंगशालाको बारेमा जानकारी गराउदै दशरथ रंगशालाको विकल्पका रुपमा च्यासल रंगशाला निर्माण गरिएको बताए । करिब २९ करोड लागतमा निर्माण भएको च्यासल रंगशालाको दर्शक क्षमता संख्या ६ हजार २ सय ३६ रहेको छ ।
२०७४ साल असारमा च्यासल रंगशालाको व्यापक स्तरबृद्धि गर्ने उद्देश्यले पुनर्निर्माणको काम सुरु गरिएको थियो । कोभिडका कारण रंगशाला पुनर्निर्माणको काममा ढिलाई समेत भएको थियो । च्यासल रंगशालामा चेन्जिङ, मेडिकल, रेफ्री, मिडिया, सुरक्षा गार्ड, प्रशासनीक कक्षलगायतका सुविधा छन् ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]