default_image

3 years ago

March 1, 2023

पिएसजीका डिफेन्डरलाई बलात्कार आरोप

272 views

0 Bookmark

एजेन्सी – मोरक्को तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का डिफेन्डर अचरफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ ।

हाकिमीलाई लागेको बलात्कार आरोपबारे प्रारम्भिक अनुसन्धान सुरु भएको छ । २४ वर्षीया महिलाले पिएसजीका सेन्टर ब्याकले २५ फेब्रुअरीमा फ्रान्सको राजधानीस्थित घरमा आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । ती महिलाले आइतबारै प्रहरी चौकीमा घटनाबारे जानकारी गराएपनि आरोप दर्ता नगरेको बुझिएको छ ।

मोरक्को गत नोभेम्वर र डिसेम्वरमा भएको फिफा विश्वकप कतार २०२२ मा इतिहास रच्दै सेमिफाइनलमा पुग्दा हाकिमी टोलीका महत्वपूर्ण सदस्य थिए । मोरक्को विश्वकप सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम समेत बनेको थियो ।

त्यही प्रदर्शनले उनी वर्ष २०२२ को उत्कृष्ट टोली फिफप्रो ११ मा पर्न सफल भएका थिए । २४ वर्षीया हाकिमी पिएसजीका सहयात्री तथा वर्षको उत्कृष्ट पुरुष खेलाडी बनेका लियोनेल मेस्सी र केलियन एमबाप्पेसँगै अवार्ड लिन पुगेका थिए ।

हाकिमी र पिएसजी दुवैले सार्वजनिक रूपमा उक्त आरोपको कुनै प्रतिक्रिया दिएका छैनन् । हाकिमीका वकिलले भने बलात्कारको आरोपलाई अस्वीकार गरेका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.