3 years ago
March 1, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका ब्राजिली भेट्रान डिफेन्डर थियागो सिल्भा कम्तीमा ६ साता मैदान बाहिर रहने भएका छन् ।

प्रिमियर लिग अन्तर्गत टोटनहम हटस्परसँग २–० ले पराजित भएको खेलमा ३८ वर्षीय सिल्भाले घुँडामा चोट बोक्न पुगेका थिए । घुँडामा चोट बोक्न पुगेपछि सिल्भा १९औं मिनेटमा नै मैदानबाट बाहिरिएका थिए ।
उनलाई वेस्ले फोफानाले प्रतिस्थापन गरेका थिए । त्यसपछि यो सिजन खराव प्रदर्शन गरिरहेको चेल्सी दुई गोल खाँदै पराजित हुन पुगेको थियो ।
३८ वर्षीय ब्राजिली कप्तान सिल्भाको सोमबार स्क्यान गरिएको थियो । क्लबले उनी कहिलेसम्म बाहिर रहने भन्ने केही नबताएपनि उनी कम्तीमा पनि ६ साता मैदान बाहिर रहने बुझिएको छ ।
सिल्भा छिटो भन्दा छिटो मैदान फर्कनको लागि क्लबको चिकित्सा विभागसँग नजिकबाट काम गरिरहेको चेल्सीले उल्लेख गरेको छ । सिल्भाले यसै महिना मात्रै चेल्सीसँग २०२३–२४ सम्मको लागि सम्झौता नविकरण गरेका छन् ।
सिल्भाले अर्को साता च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा बोरुसिया डर्टमण्डविरुद्धको खेल गुमाउनेछन् । चेल्सी १–० ले पछि छ ।
सिल्भाको चोटले प्रशिक्षक ग्राहम पोर्टरमाथि थप समस्या थपिएको छ । यो सिजन खराब लयमा रहेको चेल्सी २४ खेलबाट ३१ अंक जोडेर १०औं स्थानमा छ । चेल्सी शीर्ष चारको टोटेनहमसँग १४ अंकले पछि छ ।
१५ जनवरीमा क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेयता चेल्सीले ६ खेल खेल्दा जित निकाल्न सकेको छ । जसमा ३ बराबरी र ३ हारको नतिजा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]