default_image

3 years ago

March 1, 2023

भद्रपुर झापा गोल्डकपमा सुजल सर्वोत्कृष्ट

241 views

0 Bookmark

हिमाल खरेल, भद्रपुर
मछिन्द्र एफसीका कप्तान सुजल श्रेष्ठले प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सुजलको टोली मछिन्द्र मेची रंगशालामा मंगलबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।

सुजल सर्वोत्कृष्टका साथै चर्च ब्वाइजका आशिष चौधरीका साथ प्रतियोगिताको उच्च गोलकर्ता समेत रहे । आर्मीलाई उपाधि दिलाउने क्रममा फाइनलमा उच्च प्रदर्शन गरेका समित श्रेष्ठ उत्कृष्ट गोलकिपर, मछिन्द्रका सौरभ राई उदीयमान खेलाडी र आर्मीका राजु तामाङ उत्कृष्ट प्रशिक्षक चुनिए । सुजलले १ लाख रुपैयाँ तथा विधागत उत्कृष्टले २५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

आर्मीलाई उपाधि

मछिन्द्रलाई टाइब्रेकरमा ४–३ ले हराउँदै आर्मीले उपाधि जितेको थियो । आर्मीले उपाधिसहित १३ लाख र मछिन्द्रले ७ लाख रुपैयाँ प्राप्त गर्यो । खेलको निर्धारित समय र थप समयमा गोलरहित बराबरीमा टुंगिएको थियो ।

टाइब्रेकरमा मछिन्द्रका रेजिन धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोलकिपर समितले रोकेका थिए । आर्मीका सेसेहाङ आङदम्बेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले विफल पारेका थिए । आर्मीका दिपेन्द्र कार्की, सन्तोष केसी, रिपु भुलाल र सुशान्त चौधरीले गोल गरेका थिए ।

मछिन्द्रका दिवाकार चौधरी, सुजल श्रेष्ठ र दिपेश घलेले मात्र गोल गर्न सके । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेलमा थप १४ मिनेट अतिरिक्त समय खेल खेलाइयो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा आर्मी भाग्यमानी सवित भयो ।

निकै प्रतिस्पर्धात्मक खेलमा मछिन्द्रले पाएका अवसर सदुपयोग गर्न सकेन । आर्मीको तुलनामा मछिन्द्रले राम्रो खेले पनि फिनिसिङ लाइन कमजोर हुँदा उपविजेतामा चित्त बुझाउन प¥यो । खेलको ७३ औँ मिनेटमा आर्मीका सुदिल राई र मछिन्द्रका ओमोलाजा करिमले आपसमा झगडा गरेपछि रातो कार्ड खाँदै मैदान बाहिरिएको थिए । उनीहरु मैदान बाहिरिएपछि दुवै टोली १० खेलाडीमा सीमित भएको थियो ।

भद्रपुर झापा गोल्ड कपले पूर्व फुटबल खेलाडी गम्भीर राईलाई लाइफ टाइम अचिभमेन्ट अवार्डले सम्मान गर्ने क्रममा टिभिएस मोटरसाइकल प्रदान गर्यो । विजेता र उपविजेता टोलीका खेलाडी, सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्टलाई नेपाली कांग्रेस महामन्त्री एवंम सांसद विश्वप्रकाश शर्मालगायतले ले पुरस्कार हस्तान्तरण गरेका थिए । फागुन ७ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.