3 years ago
March 1, 2023
लमजुङ (हाम्रो खेलकुद) – रोयल फ्रेण्डसिप युवा क्लव लमजुङले दोस्रो राइनास कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

पुर्वी लमजुङको राइनास नगरपालिका वडा नम्वर ६ धमिलिकुवास्थित गौलीटार क्षेत्रीय खेल मैदानमा भएको फाइनलमा कालिका युवा क्लव भण्डारथोक गोरखालाई २–० ले पराजित गर्दै फ्रेण्डसिपले उपाधि जित्न सफल भएको हो ।
उपाधिसँगै रोयल फ्रेण्डसिपले २ लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको कालिकाले १ लाख रुपैयाँ, कप र मेडल हात पारेको छ ।
सेमिफाइनलमा पराजित मर्स्याङ्दी युवा क्लव हवाई ग्राउण्ड र विवाईसी भोटेओडारलाई समान २० हजार रुपैयाँ प्रदान गरिएको गौलिटार क्षेत्रिय खेल मैदान समिति अध्यक्ष किरण श्रेष्ठले जानकारी गराएको छ ।
रोयल फ्रेण्डसिपका सागर गुरुङ सर्वाेत्कृष्ट खेलाडी घोषित भए । फ्रेण्डसिपकै रोशन क्षेत्री सर्वाधिक गोलकर्ता तथा फ्रेण्डसिपकै लिलजंग तामाङ उत्कृष्ट गोलरक्षक घोषित भएका छन् । उनीहरु सबैले समान ५ हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेको छ ।
विजयी टोली तथा खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङ, राइनास नगरपालिकामा प्रमुख खड्ग बहादुर गुरुङ, उपप्रमुख पुष्पराज खनाल, प्रमुख प्रशासकिय अधिकृत गोकर्णराज सुयल, राइनास ६ का वडा अध्यक्ष गोविन्दराज चिलुवाल, नेपाली कांग्रेस लमजुङका पुर्व सभापति तुलसीनारायण श्रेष्ठ, विभिन्न राजनितिक दलका प्रतिनिधिसँगै क्लबका पदाधिकारीले पुरस्कृत गरे ।
फागुन १० गतेदेखि सुरु भएको प्रतियोगितामा लमजुङ, गोरखा र तनहुँका गरी विभिन्न १८ टोलीले नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए । गतवर्ष १२ टोलीले प्रतिस्पर्धा गर्दा चक्रतीर्थ युवा क्लब सातविसे लमजुङ पहिलो भएको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]