default_image

3 years ago

March 1, 2023

मछिन्द्रलाई केपी ओली कप फुटबल उपाधि

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र एफसीले केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । दशरथ रंगशालामा बुधबार सातदोबाटो युथ क्लबलाई टाइब्रेकरमा ५–३ ले हराउँदै मछिन्द्रले सहिद स्मारक ए डिभिजन लिग सुरु हुनु दुई दिन अघि उपाधि जितेको छ ।

लगातार दोस्रो दिन दुई फाइनल खेलेको मछिन्द्रले दोस्रो फाइनलमा भने सफलता हासिल गरेको छ । झापामा मंगलबार मुस्ताङ भद्रपुर झापा गोल्डकप फुटबलको फाइनलमा मछिन्द्र टाइब्रेकरमै त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।

बुधबार दशरथ रंगशालामा निर्धारित समयको १–१ को बराबरीपछि टाइब्रेकरमा मछिन्द्रले बाजी मारेको थियो । मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ टाइब्रेकरका नायक रहे । उनले सातदोबाटोको लागि तेस्रो पेनाल्टी प्रहार गरेका अब्दुल लतिफको पेनाल्टीलाई रोकेका थिए ।

पेनाल्टीमा मछिन्द्रका लागि रन्जित धिमाल, दिवाकर चौधरी, कप्तान सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा करिमले गोल गरे । सातदोबाटोका लागि निरज चौधरी, दीपनेराज सिंह र एकराज बुढाथोकीले गोल गरे । त्यसअघि निर्धारित पाँचौं मिनेटमा ओलावाले अफिजको गोलमा मछिन्द्रले खेलमा अग्रता लिएको थियो । १८ औं मिनेटमा गोल गर्दै सातदोबाटो खेलमा फर्केको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.