default_image

3 years ago

March 1, 2023

एन्फामा ३ सहायक महासचिव मनोनित, बैठक विवादमा

290 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को विवादित बनेको बुधबारको केन्द्रिय कार्यसमिति बैठकले ३ सहायक महासचिव र एक सहायक कोषाध्यक्ष मनोनित गरेको छ ।

३ उपाध्यक्षसहित केन्द्रिय सदस्यहरुले वहिष्कार गरेको बैठकबाट अरुणमान जोशी, वसन्तराज अर्याल र बद्री भट्टराईलाई सहायक महासचिव तथा पूर्णमान चित्रकारलाई सहायक कोषाध्यक्ष मनोनित गरेको हो । जोशी र आर्याल यसअघिको कार्यसमितिमा पनि सोही जिम्मेवारीमा थिए भने चित्रकार एन्फा केन्द्रिय सदस्य थिए । भट्टराईले भने पहिलो पटक एन्फा कार्यसमितिमा मनोनित भएका हुन् ।

सोही बैठकले इटालियन भिन्सेन्जो अल्बर्टो एनेसेलाई नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक नियुक्त गरेको एन्फाले जनाएको छ । त्यस्तै एन्फाले नेपाल एपिएफ फुटबल क्लबलाई राष्ट्रिय महिला लिग २०७८ को विजेता घोषित गरेको छ । गत वर्ष पहिलो राउन्डको समाप्तीमा अंकतालिकाको शीर्षस्थानमा रहेको एपिएफलाई विजेता घोषणा गर्ने निर्णय गरेको हो ।

दुई चरणमा गर्ने भनिएको लिगको पहिलो चरण चितवनमा सम्पन्न भएको थियो । अर्को चरण विराटनगरमा आयोजना गर्ने भनिएपनि आयोजना हुन सकेन । पहिलो चरणको समाप्तीमा एपिएफ अंकतालिकाको शीर्षस्थानमा थियो । नेपाल पुलिस क्लब दोस्रो तथा त्रिभुवन आर्मी फुटबल क्लब तेस्रो भएको छ ।

त्यस्तै बैठकले राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक तथा पूर्व कप्तान राजुकाजी शाक्यलाई महिला विभाग, पंकज शाहीलाई ग्रासरुट, नविन महर्जनलाई इलिट युथ र संगित सिंहलाई कोच एजुकेसन विभागको प्रमुख नियुक्त गरेको छ ।

एन्फा कार्यसमितिको बैठक विवादित बनेका कारण निर्णय कार्यान्वयन हुने नहुनेमा शंका देखिएको छ । तीन उपाध्यक्षसहितका असन्तुष्ट पक्षले बैठक वहिष्कार गरेपनि एन्फाले विभिन्न निर्णय गरेको आफ्नो वेबसाइटमार्फत जानकारी गराएको छ । असन्तुष्ट पक्षले आफूहरुको बहुमत रहेको दाबी गरेको छ भने एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले बहुमतका आधारमा निर्णय गरेको दाबी गरेका छन् ।

एन्फा सदस्य रुपेश अधिकारीका अनुसार आफूसहित तीन उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी (कुमार), दीपक खतिवडा, रमेश ब्यन्जनकार, रविन चन्द, महेन्द्र क्षेत्री र पेमा डोल्मा लामा गरि बहिष्कार गरेको जानकारी दिए । केन्द्रिय सदस्य मनीष जोशी भने बैठकमा उपस्थित थिएनन् ।

सदस्य अधिकारीले आफूहरुले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तसहित ५ वटा एजेन्डामा समावेश गर्नका लागि पत्र दिएपनि एन्फा अध्यक्ष नेम्वाङले त्यसलाई अस्वीकार गरेकोले विवाद भएको बताए ।

आफूहरुले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तसहित ५ वटा एजेन्डामा समावेश गर्नका लागि पत्र दिएपनि एन्फा अध्यक्ष नेम्वाङले त्यसलाई अस्वीकार गरेकोले विवाद भएको बताए ।

‘हामीले सुरुवातबाट एजेन्डा समावेश गर्न आग्रह गरेपनि पेलेरै अघि बढ्न खोज्नु भयो । नवौं बुदामा पुग्दा हामीले बैठक बहिष्कार गर्यौं । हामीले उपस्थितिमा पनि हस्ताक्षर गरेका छैनौं,’ अधिकारीले भने, ‘हस्ताक्षर गरिएको भनिएका मध्ये टिकाराम लामाले आफू बहुमतले उठाएको महासचिव र कोषाध्यक्षको बर्खास्तीलाई एजेण्डमा समावेश नगरिएको र बैठक गणपुरुक संख्या नपुगेकोले अवैद्य छ भनेर अध्यक्षलाई नै पत्र बुझाउनुभएको छ । अर्का सदस्य भरतबहादुर बुढ थापाले आफ्नो हस्ताक्षर कीर्ते भएको दाबी गर्दै पत्र बुझाउनुभएको छ । त्यसअर्थ यो बैठकका निर्णय कार्यान्वयन हुने अवस्था देखिन्न ।’

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.