3 years ago
March 2, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिग सुरु हुनु अघिल्लो दिन सातदोबाटो युथ क्लबले मुख्य प्रायोजकसँग सम्झौता गरेको छ । सातदोबाटोले बिहीबार रोयल ब्लुको उत्पादक कम्पनी सागर डिस्टिलरीसँग सम्झौता गरेको हो ।

क्लबका अध्यक्ष कपिल राना मगर र सागर डिस्टिलरी हेड अफ ब्राण्ड रितिक शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता एक वर्षको रहने बताइएको छ । सातदोबाटोले अब रोयल ब्लु सातदोबाटो युथ क्लबका नाममा लिगमा प्रतिस्पर्धा गर्नेछ । लिग शुक्रबार सुरु हुँदैछ ।
सातदोबाटोले रोयल ब्लुको लोगोलाई आफ्नो जर्सीमा प्रयोग गर्नुका साथै क्लबका सामाजिक काम र प्रचारात्मक कार्यक्रममा पनि स्थान दिने बताइएको छ । मुख्य प्रायोजन गरेकोमा सातदोबाटोले सागर डिस्टिलरीलाई धन्यवाद दिएको छ ।

गत वर्ष पहिलो पटक ए डिभिजन लिग खेल्दै नै टोलीले अंकतालिकाको चौथो स्थान प्राप्त गरेको थियो । केहि दिन अघि मात्र सातदोबाटोले किट्स पार्टनरका रुपमा लि निङसँग सम्झौता गरेको थियो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]