2 years ago
March 2, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिग सुरु हुनु अघिल्लो दिन सातदोबाटो युथ क्लबले मुख्य प्रायोजकसँग सम्झौता गरेको छ । सातदोबाटोले बिहीबार रोयल ब्लुको उत्पादक कम्पनी सागर डिस्टिलरीसँग सम्झौता गरेको हो ।
क्लबका अध्यक्ष कपिल राना मगर र सागर डिस्टिलरी हेड अफ ब्राण्ड रितिक शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता एक वर्षको रहने बताइएको छ । सातदोबाटोले अब रोयल ब्लु सातदोबाटो युथ क्लबका नाममा लिगमा प्रतिस्पर्धा गर्नेछ । लिग शुक्रबार सुरु हुँदैछ ।
सातदोबाटोले रोयल ब्लुको लोगोलाई आफ्नो जर्सीमा प्रयोग गर्नुका साथै क्लबका सामाजिक काम र प्रचारात्मक कार्यक्रममा पनि स्थान दिने बताइएको छ । मुख्य प्रायोजन गरेकोमा सातदोबाटोले सागर डिस्टिलरीलाई धन्यवाद दिएको छ ।
गत वर्ष पहिलो पटक ए डिभिजन लिग खेल्दै नै टोलीले अंकतालिकाको चौथो स्थान प्राप्त गरेको थियो । केहि दिन अघि मात्र सातदोबाटोले किट्स पार्टनरका रुपमा लि निङसँग सम्झौता गरेको थियो ।
June 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ यु २० महिला च्याम्पियनसिपको तयारीका क्रममा प्रशिक्षणमा रहेका खेलाडीको संख्या ३० जनामा घटाइएको छ। यु-२० महिला राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक यमप्रसाद गुरुङले बन्द प्रशिक्षणमा रहेका ४० बाट ३० खेलाडीको छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। टोलीले असार २७ देखि साउन ४ गते ( सन् २०२५ जुलाई ११ […]
June 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – इंग्लिस प्रिमियर लिगको फ्यान्टसी प्रिमियर लिग खेलमा लिग संचालन गर्दै आइरहेको इपिएल रमाइलो नेपाल (इआरएन) ले सन् २०२४/२५ को पुरस्कार विजेतालाई पुरस्कृत गरेको छ । इङ्ग्लिस प्रिमियर लिग क्लबका समर्थकहरुले सन्चालन गरेको समुह इआरएनले वर्षेनी आयोजना गर्दै आएको फ्यान्टसी लिगको गत सिजनको विजेता सुवास सुवेदी रहे । उनले २ लाख रुपैयाँ […]
June 15, 2025
एजेन्सी – लियोनल मेस्सी सम्मिलित इन्टर मायमी फिफा क्लब विश्वकप २०२५ को पहिलो खेलमा इजिप्टको अल अहलीसँग गोलरहित बराबरीमा रोकिएको छ । हार्ड रक स्टेडियममा भएको खेलमा समूह ए मा मायमीलाई १ अंक दिलाउन गोलकिपर ओस्कार उस्टारीको प्रदर्शन महत्वपूर्ण रह्यो । प्रतियोगिताको उद्घाटन खेलमा ३८ वर्षीय अर्जेन्टिनी गोलकिपर उस्टारीले ८ वटा उत्कृष्ट बचाउ गरे । […]