default_image

3 years ago

March 3, 2023

बार्सिलोनाले रियल म्याड्रिडलाई हरायो

339 views

0 Bookmark

एजेन्सी – स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ ।

एडर मिलिसाओको आत्मघाती गोलमा ‘एल क्लासिको’ भिडन्तमा बार्सिलोनाले रियलमाथि १–० को जित दर्ता गरेको हो । पहिलो हाफमा मिलिसाओले गरेको गोल नै निर्णायक बन्यो ।

सान्टियागो बर्नबेउमा बिहीबार राति भएको खेलको २६औं मिनेटमा मिलिसाओले आत्मघाती गोल गर्न पुगेका थिए । पाब्लो गाभीको पासमा फ्रान्क केसीको प्रहार मिलिसाओलाई लाग्दै गोलमा परिणत भएका थियो ।

त्यसमा अफसाइड रहेको भन्दै रेफ्रीले भिएआर चेक गर्दा राफिन्हा अफसाइड देखिदा फ्रान्क केसी अफसाइड नदेखिएपछि रेफ्रीले गोललाई मान्यता दिएको थियो ।

एक गोलले पछि परेको घरेलु टोली रियलले त्यसपछि ६५ प्रतिशत बल पोसेसन राख्दै बार्सिलोनामाथि दवाव बढाएपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

यस जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके बार्सिलोना फाइनलमा पुग्नेछ । रियललाई फाइनल पुग्न जित निकाल्नुपर्नेछ । दोस्रो लेग ५ अप्रिलमा हुनेछ

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.