9 years ago
December 31, 2016
बंगलादेश र भारतले गोलरहित बराबरी खेले
दिपेश तिमल्सिना
सिलगुढी (भारत)– नेपाली टोलीले पहिलो पटक भारतसँग महिला साफ च्याम्पियनसिपको सेमिफाइनल खेल्नु पर्ने भएको छ । अघिल्ला तीनै संस्करणमा फाइनलमा मात्र भेट भएको भारतले शनिबार समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाल र भारतको सेमिफाइनल भेट पक्का भएको हो ।

सिलगुढीको कञ्चनजंगा मैदानमा गोलरहित बराबरी खेलेपछि भारत समूहको उपविजेताका रुपमा अघि बढ्द बंगलादेश समूह ‘बी’को विजेता बनेको छ । नेपाल समूह ‘ए’को विजेता हो भने माल्दिभ्स उपविजेता । अब अर्को सेमिफाइनलमा बंगलादेश र माल्दिभ्सबीच हुनेछ ।
भारत र बंगलादेशले अर्को टोली अफगानिस्तानलाई हराएको गोलको अन्तरमा विजेता, उपविजेताको टुंगो लागेको छ । भारतले ५–१ ले हराएको अफगानिस्तानलाई बंगलादेशले ६–० ले पराजित गरेको थियो । एक अर्कासँग गोलरहित बराबरी खेलेपछि बंगलादेश समूह विजेता र भारत उपविजेता बनेको हो ।
महिला साफ च्याम्पियनसिपको ६ बर्ष लामो इतिहासमा भारत पहिलो पटक बराबरीमा रोकिएको हो । नेपाल समूह चरणका तीनै खेल जितेर विजेता बनेको थियो भने दुई खेल जितेको माल्दिभ्स उपविजेता । श्रीलंका १ खेल जित्दै र भुटान अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् । अर्को समूहबाट अफगानिस्तान च्याम्पियनसिपबाट बाहिरसकेको छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]