default_image

3 years ago

March 3, 2023

विराज ९ वर्षपछि थ्री स्टार फर्किए

258 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन ९ वर्षपछि पुनः थ्री स्टार क्लब फर्केका छन् । थ्री स्टारका अध्यक्ष अरुणमान जोशीलगायत पदाधिकारीले शुक्रबार स्वागत गरेका थिए ।

‘ लामो समयपछि थ्री स्टार फर्केको छु । क्लबबाट खेल्ने पनि अब म अन्तिम चरण तिर छु,’ विराजले भने, ‘साच्चै भन्ने हो भने मलाई घर फर्केको महसुस भएको छ । क्लबका अधिकांश दाईहरु पुरानै हुनुहुन्छ । सबैले हार्दिकतापूर्वक स्वागत गर्नुभयो । त्यो देखेर म अन्त्यन्तै खुसी छु ।’

अघिल्लो वर्ष उनले च्यासल युथ क्लबबाट खेलेका थिए । च्यासल गत वर्ष रेलिगेसनमा परेको थियो । त्यसअघिको सिजनल उनले मछिन्द्र क्बलबाट लिग खेलेका थिए । अखिल नेपाल फुलटबल संघ (एन्फा) एकेडेमीका उत्पादन विराजले राष्ट्रिय टोलीबाट भने दुई वर्षअििघ नै सन्यास लिएका थिए विराजकै कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप र १२औं दक्षिण एसियाल खेलकुद (साग) को उपाधि जितेको थियो ।

नेपालले एएफसी सोलिडारिटी कप जित्दा विराज टोलीका महत्वपूर्ण सदस्य थिए । विराजले यसअघि संकटा, एनआरटी, मनाङ मस्याङ्दी, थ्री स्टार र मछिन्द्र फुटबल क्लबबाट ए डिभिजन लिग खेलिसकेका छन् । विराजले मनाङ, थ्री स्टार र मछिन्द्र क्लबबाट लिगको उपाधि जितिसकेका छन् । मनाङ र मछिन्द्रले उपाधि जित्दा विराज टोलीको कप्तान थिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.