3 years ago
March 4, 2023
एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीको अपराजित यात्रामा पूर्णविराम लागेको छ । पछिल्लो १० खेलमा अपराजित रहेको नेपोली शुक्रबार राति लाजियोसँग १–० ले पराजित हुँदै अपराजित यात्रामा पूर्णविराम लागेको हो ।

नेपोली घरेलु मैदानमा नै पराजित भएको हो । स्टेडियो डिएगो अर्मान्डो म्याराडोनामा घरेलु टोलीलाई पराजित गर्न लाजियोका मेटिएस भेसिनोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ६७औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
सिरी ‘ए’ मा नेपोलीको यो दोस्रो हार हो । यसअघि नेपोलीले १५ जनवरी २०२३ मा इन्टर मिलानसँग १–० को हार बेहोरेको थियो । यो सिजन उच्च लयमा रहेको नेपोलीले २५ खेलमा २१ जित र समान २ बराबरी र हारको नतिजा निकालेको छ ।
यस हारसँगै शीर्षस्थानमा रहेको नेपोलीको २५ खेलबाट ६५ अंक छ । नेपोली शीर्षस्थानमा अझै १७ अंकले अघि छ । दोस्रो स्थानमा उक्लिएको लाजियोको ४८ अंक छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]