default_image

3 years ago

March 4, 2023

फिर्मिनोले लिभरपुल छाड्ने

222 views

0 Bookmark

एजेन्सी – ब्राजिली फरवार्ड रोवर्टो फिर्मिनोले सिजनको अन्त्यसँगै इंग्लिस क्लब लिभरपुल छाड्ने भएका छन् । ३१ वर्षीय फिर्मिनोले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने निर्णय गरेका हुन् ।

फिर्मिनो विगत ८ वर्षदेखि एनफिल्डमा रहेका छन् । फिर्मिनो २०१५ मा जर्मन क्लब होफेनआइनबाट २९ मिलियन पाउन्डमा लिभरपुलमा आबद्ध भएका थिए । त्यसयता उनी लिभरपुलको महत्वपूर्ण सदस्य छन् ।

फर्मिनोले एनफिल्डमा रहँदा लिभरपुललाई च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, ईएफएल कप र क्लब विश्वकप जिताउन मद्दत गरेका छन् । उनले लिभरपुलका लागि ३५३ खेल खेलमा १०७ गोल र ७० असिस्ट प्रदान गरेका छन् ।

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले फिर्मिनोलाई क्लबमै राख्ने योजना रहेको बताइरहँदा उनले भने क्लब छाड्ने मनसाय बनाएका हुन् । पछिल्लो समय मांसपेशीको चोटसँगै टोलीमा डिएगो जोटा, लुइस डियाज, डार्विन नुनेज र कोडी गाक्पोको आगमनपछि फिर्मिनोले खेल्ने समय कम भएको छ ।

फिर्मिनोलाई लिभरपुलका समर्थकले उच्च सम्मान राख्ने गर्छन् । उनी लिभरपुलको प्रतिष्ठित आक्रमणको ट्रिओ (मोहम्मद सलाह, साडियो माने र रोवर्टाे फिर्मिनो) का सदस्य हुन् ।

साडियो माने यो सिजनको शुरुमै लिभरपुल छाडेर जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध भइसकेका छन् । सन् २०१९–२० मा लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए ।

फिर्मिनोले यस सिजनमा सबै प्रतियोगितामा २६ खेल खेलमा ९ गोल र ४ असिस्ट प्रदान गरेका छन् । चोटकै कारण फिर्मिनोले गत वर्ष कतारमा भएको विश्वकप गुमाएका थिए ।

विश्वकपपछि प्रिमियर लिग सुरु हुँदा फेब्रुअरी १३ मा एभर्टनविरुद्धको डर्वी जितमा उनी वैकल्पिक खेलाडीको रुपमा मदान प्रवश गर्दै पूनरागमन गरेका थिए । त्यसपछिकाे सबै चार खेलमा उनले परिवर्तित खेलाडीकाे रुपमा मात्रै माैका पाएका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.