3 years ago
March 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिफ फुटबल क्लबले सहिद स्मामर ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।

ललितपुरको थ्री स्टार क्लबलाई २–० ले पराजित गर्दै एपिएफले जितका साथ लिगको सुरुवात गरेको हो । एपिएफको जितमा मनि कुमार लामा र अर्मान्ड विडोमले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
त्रिपुरेश्व्रस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको १९औं मिनेटमा थ्री स्टारका अनिल महर्जनको फ्रिकिकलाई डिफेन्डरले क्लियर गर्दै बचाए । २१औं मिनेटमा कप्तान नविन लामाको फ्रिकिमा अर्मान्डको हेडर पोस्ट नजिकैबाट बाहिरिदा एपिएफ अग्रता लिनबाट चुक्यो । ३३औं मिनेटमा मणि कुमार लामाको प्रहार पहिलो बार च्याप्दै बाहिरियो ।
६१औं मिनेटमा अर्मान्ड विनोङको क्रसमा प्रदीप लामाको प्रहारलाई गोलरक्षक अरुण ब्लोनको उत्कृष्ट बचाउँ गर्दा एपिएफ अग्रता लिनबाट चुक्यो । ७२औं मिनेटमा मनि कुमार लामाले फ्रिकिकमा गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाए ।
आँफैलाई लडाएपछि झन्डै ३५ यार्डमा प्राप्त फ्रिकिकमा उनले गरेको प्रहार गोलरक्षक अरुण ब्लोनले राम्रोसँग नियन्त्रणमा नसक्दा बलले जाली चुम्न पुगेको थियो । ७९औं मिनेटमा आदत्य शाक्यको पेनाल्टी बक्स बाहिरको प्रहार पहिलो बार च्याप्दै बाहिरिदा थ्री स्टार बराबरीबाट चुक्यो ।
७९औं मिनेटमा प्रदीप लामाको प्रहारलाई गोलरक्षक अरुण ब्लोनले बचाए । ८७औं मिनेटमा अर्माण्ड विनोङले गोल गर्दै एपिएफको जित पक्का गरे । उनले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]