default_image

3 years ago

March 4, 2023

किरण सम्मिलित पन्जाब आई लिग च्याम्पियन

229 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवम् गोलकिपर किरण चेम्जोङ सम्मलित राउन्ड ग्लास पन्जाब आई लिग २०२२/२३ को च्याम्पियन बनेको छ ।

आइ लिगको अन्तिम एक चरणको खेल बाँकी रहँदै पन्जाब शनिबार च्याम्पियन बनेको हो । राजस्थान एफसीलाई शनिबार ४–० ले हराउँदै पन्जाब उपाधि पक्का गरेको हो ।

एक खेल कम खेलेको श्रीनिदी डेक्कनलेब बाँकी दुवै खेल जित्दा पनि पन्जाबलाई नभेट्ने भएपछि टोलीको उपाधि पक्का भएको हो । पछिल्लो ५ खेलमा लगातार जित हासिल गरेको पन्जाबले २१ खेलमा ४९ अंक जोडेको छ । शनिबारको खेलमा पनि किरणले नै टोलीको पोष्ट सम्हालेका थिए ।

जारी सिजनमा १५ खेल जितेको पन्जाबले ४ खेलमा बराबरी र २ खेलमा हार बेहोरेको थियो । २० खेल खेलेको श्रीनिदीको ४१ अंक छ । आई लिग च्याम्पियन भएसँगै पन्जाब इन्डियन सुपर लिगका लागि छनोट भएको छ ।

शनिबार पन्जाबको जितमा लुका माजकेन, जुवान मेरा र हेमिनङथानमावाइले गोल गरेका थिए । यश त्रिपाठीले १६ औं मिनेटमा आत्मघाती गोल गरेको खेलमा माजकेन ४१ औं, मेराले ७६ औं र इन्जुरी समयको पहिलो मिनेटमा हेमिनङथानमावाइले गोल गरे ।
अर्का राष्ट्रिय खेलाडी अन्जन विष्ट सम्मलित केन्क्रे २ खेल बाँकी रहँदा १६ अंकका साथ अंक तालिकाको पुछारबाट दोस्रोमा छ ।

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

Success

Thank you for your time.