3 years ago
March 4, 2023
एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवम् गोलकिपर किरण चेम्जोङ सम्मलित राउन्ड ग्लास पन्जाब आई लिग २०२२/२३ को च्याम्पियन बनेको छ ।

आइ लिगको अन्तिम एक चरणको खेल बाँकी रहँदै पन्जाब शनिबार च्याम्पियन बनेको हो । राजस्थान एफसीलाई शनिबार ४–० ले हराउँदै पन्जाब उपाधि पक्का गरेको हो ।
एक खेल कम खेलेको श्रीनिदी डेक्कनलेब बाँकी दुवै खेल जित्दा पनि पन्जाबलाई नभेट्ने भएपछि टोलीको उपाधि पक्का भएको हो । पछिल्लो ५ खेलमा लगातार जित हासिल गरेको पन्जाबले २१ खेलमा ४९ अंक जोडेको छ । शनिबारको खेलमा पनि किरणले नै टोलीको पोष्ट सम्हालेका थिए ।
जारी सिजनमा १५ खेल जितेको पन्जाबले ४ खेलमा बराबरी र २ खेलमा हार बेहोरेको थियो । २० खेल खेलेको श्रीनिदीको ४१ अंक छ । आई लिग च्याम्पियन भएसँगै पन्जाब इन्डियन सुपर लिगका लागि छनोट भएको छ ।
शनिबार पन्जाबको जितमा लुका माजकेन, जुवान मेरा र हेमिनङथानमावाइले गोल गरेका थिए । यश त्रिपाठीले १६ औं मिनेटमा आत्मघाती गोल गरेको खेलमा माजकेन ४१ औं, मेराले ७६ औं र इन्जुरी समयको पहिलो मिनेटमा हेमिनङथानमावाइले गोल गरे ।
अर्का राष्ट्रिय खेलाडी अन्जन विष्ट सम्मलित केन्क्रे २ खेल बाँकी रहँदा १६ अंकका साथ अंक तालिकाको पुछारबाट दोस्रोमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]