3 years ago
March 4, 2023
एजेन्सी – आर्सनलले इन्जुरी समयमा गोल गर्दै इंग्लिस प्रिमियर लिगमा शनिबार सनसनीपूर्ण जित निकालेको छ । एएफसी बोर्नमाउथसँग शनिबारको खेल २–० ले पछि परेर आर्सनलले ३–२ को जित निकालेको छ ।

इन्जुरी समयको सातौं मिनेटमा रिस निल्सनको गोलमा आर्सनलले सानदार जित निकालेको हो । कर्नरमा आएको बलमा विपक्षी खेलाडीले हेड गरेपछि प्राप्त बलमा पेनाल्टी बक्स भित्रबाट निल्सनले गोल गरेका थिए ।
आर्सनल पहिलो मिनेटमै खेलमा पछि परेको थियो । बोर्नमाउथका लागि फिलिप बिलिङले गोल गरेका थिए । मार्कोस सेन्सीले ५७ औं मिनेटमा गोल गरेपछि आर्सनल २–० ले पछि परेको थियो । थोमस पार्टेले ६२ औं मिनेटमा गोल गर्दै आर्सनललाई खेलमा फर्काएका थिए । बेन ह्वाइटले ७० औं मिनेटमा आर्सनलका लागि बराबरी गोल गरेका थिए ।
त्यसअघि म्यानचेस्टर सिटीले पनि जित निकालेको थियो । सिटीले न्युक्यासल युनाइटेडलाई २–० ले हराएको थियो। फिल फोडेन र बेर्नार्डो सिल्भाको गोलमा सिटीले लिगको जारी सिजनमा १८ औं जित हासिल गरेको हो ।
खेलको १५ औं मिनेटमा फोडेनको गोलबाट सिटीले अग्रता लिएको थियो । ६७ औं मिनेटमा सिल्भाले गोल थपेपछि सिटीको जित थप सहज बनेको थियो । शीर्षस्थानको आर्सनलको ६१ अंक छ भने दोस्रो स्थानको सिटीको ५८ अंक छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]