3 years ago
March 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड दीपक राज सिंह ठकुरीको दुई गोल मद्दतमा सातदोबाटो युथ क्लबले यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ ।

च्यासल रंगशालामा आइतबार भएको खेलमा न्युरोड टिम (एनआरटी) लाई २–१ ले पराजित पराजित गर्दै सातदोबाटोले विजयी सुरुवात गरेको हो । एनआरटीका निकोलस सङले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक खेलको ४५औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा निकोलसले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
८४ औं मिनेटमा दीपकले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए । यस जितसँगै सातदोबाटोले ३ अंक जोडेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]