3 years ago
March 6, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुलको घरेलु मैदानमा ७-० ले पराजित भएको छ ।

लिभरपुलले पहिलो हाफमा १-० को मात्र अग्रता लिएपनि आक्रमणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यसै लयलाई दोस्रो हाफमा निरन्तरता दिँदै टोलीले ६ गोल थप्यो । लिभरपुलका लागि मोहमद सलाह, कोडी गाक्पो र डार्विन न्युनेजले २-२ तथा रोबर्टो फिर्मीनोले १ गोल गरे ।
पहिलो हाफको ४३ औं मिनेटमा गाक्पोले सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको सुरुवाती ५ मिनेटमै न्युनेज र गाक्पोले लगातार गोल गरे । ६६ औं मिनेटमा सलाहले अर्को गोल थपे ।
७६ औं मिनेटमा न्युनेजले अर्को गोल थप्दा ७ मिनेटपछि नै सलाहले व्यक्तिगत दोस्रो गोल गरे । खेलको २ मिनेट समय बाँकी रहँदा रोबर्टो फिर्मिनोले बेन्चबाट आएर गोल गरेका थिए ।
यस जितले लिभरपुल २५ खेलमा ४२ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ । युनाइटेड २५ खेलमा ४९ अंकका साथ तेस्रो स्थानमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]