3 years ago
March 6, 2023
एजेन्सी – ब्राजिली मिडफिल्डर राफिन्हाको गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा महत्वपूर्ण जित हात पारेको छ ।

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले भ्यालेन्सियामाथि १–० को जित निकालेको हो । बार्सिलोनाको जितमा पहिलो हाफमा राफिन्हाले गरेको गोल नै निर्णायक बन्यो ।
स्पोटिफाई नोउक्याम्पमा आइतबार राति भएको खेलको १५औं मिनेटमा राफिन्हाले गोल गर्न सफल भएका थिए । उनले कप्तान सर्जियो बुस्क्वेट्सको पासमा गोेल गर्न सफल भएका थिए ।
५५औं मिनेटमा फेरान टोरेस पेनाल्टीमा चुक्दा बार्सिलोना अग्रता दोब्बर पार्नबाट चुक्यो । फ्रान्क केसीको क्रसमा आन्द्रेस क्रिस्टेन्सेनले गरेको प्रहारलाई ह्युगो गुइलामोनले हातले रोकेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । तर, टोरेसले गोल गर्न सकेनन् ।
५९औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो । ह्युगो डुरोमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले रोनाल्ड एराउजोलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । तर, त्यसको फाइदा भ्यालेन्सियाले उठाउन सकेन । बार्सिलोनाले भने आफ्नो अग्रता जोगाउँदै जित निकाल्न सफल भयो ।
यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ६२ अंक पुगेको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ९ अंकले पछि पारेको छ । रियलको ५३ अंक छ । पराजित भ्यालेन्सिया २३ अंक जोडेर १९औं स्थानमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]