9 years ago
December 31, 2016
महिला साफ च्याम्पियनसिप फुटबल
दिपेश तिमल्सिना
सिलगुढी (भारत)– नेपाली महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले भारतसँगको सेमिफाइनल टोलीका लागि फाइनल सरह हुने बताएका छन् । अघिल्ला तीनैं संस्करणमा फाइनलमा मात्र भेटेको भारतसँग नेपालले यसपटक एक कदम अगाडि नै सामना गर्नुपर्ने भएको छ ।

प्रशिक्षक कुमार थापा अभ्यास निरीक्षण गर्दै
‘हाम्रो लागि भारतसँगको खेल अत्यन्तै महत्वपूर्ण छ’ बंगलादेश र भारतको खेल हेरेपछि थापाले भने ‘त्यो सेमिफाइनल भएपनि हाम्रो लागि फाइनल सरह हुनेछ ।’ उनले भारतविरुद्ध सफल हुने विश्वास पनि व्यक्त गरेका छन् । उनले भने, ‘हाम्रा सबै खेलाडी फिट छन् र हामी सफल नतिजाका लागि प्रयास गर्नेछौं ।’ सावित्रा भण्डारी कत्तिको महत्वपूर्ण खेलाडी हुन् भन्ने प्रश्नमा थापाको जवाफमा थियो, ‘हाम्रा लागि टोलीका सबै ११ खेलाडी महत्वपूर्ण छन् र सबै फिट छन् ।’
बंगलादेशसँग भारतले शनिबार राती गोलरहित बराबरी खेलेपछि नेपालसँग सेमिफाइनल भेट पक्का भएको थियो । भारत समूह बीको उपविजेताका रुपमा अघि बढेको हो । भारत चौथो संस्करणमा आइपुग्दा पहिलो पटक बराबरीमा रोकिएका छ । भारतले शनिबारअघि महिला साफ च्याम्पियनसिपमा कुनै खेल हार्नुपरेको थिएन । अब नेपाल र भारतबीच सोमबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । अर्को सेमिफाइनलमा बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।
बंगलादेशलाई सहज लिएको कारण भारतले बराबरीमा रोकिनु परेको थापाले ठम्माई थियो । ‘मुख्य खेलाडी कमलादेवीलाई नखेलाएर भारतीय प्रशिक्षक साजिद दारले बंगलादेशलाई अलि हल्का लिए’ नेपालका पूर्व राष्ट्रिय खेलाडी थापाले भने, ‘तर, उनको योजनाले काम गरेन । उनले सोचे जस्तो खेल सहज भएन ।’
भारतको गुवाहाटीमा फागुनमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल र भारतका बीच प्रतिस्पर्धा भएको थियो । त्यसमा भारत विजयी भएको थियो । त्यसयता दुई टोलीबीच सोमबार भेट हुनेछ । भारतीय टोलीका प्रशिक्षक दार नेपाललाई बलियो प्रतिद्वन्द्वि मान्छन् । ‘नेपाल निकै बलियो टोली हो । हामी सागमा जस्तै प्रदर्शन गर्ने प्रयास गर्नेछौं’ उनले भने,‘सावित्रा निकै खतरनाक छिन्, उनलाई रोक्ने योजना बनाउनेछौं ।’
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]