default_image

3 years ago

March 7, 2023

नेयमारले यो सिजन गुमाउने

303 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमारले यो सिजनको बाँकी खेल गुमाउने भएका छन् ।

खुट्टाको चोटमा शल्यक्रिया गर्नुपर्ने भएकाले सिजनको बाँकी खेल गुमाउने भएको क्लबले जनाएको छ । १९ फेब्रुअरीमा पिएसजीको घरेलु टोली लिलमाथि ४–३ ले को जित निकालेको खेलमा नेयमारले दाहिने खुट्टामा चोट बोकेका थिए ।

चोटका कारण यो सिजन नै गुमाउने भएपछि नेयमारले सामाजिक सन्जालमा आँफु झन बलियो बनेर आउने बताएका छन् । ३१ वर्षीय नेयमारले पछिल्लो ६ वर्षयता लगातार दायाँ खुट्टामा चोट बोक्दै आइरहेको छ ।

अब पुन सोही दायाँ खुट्टाको शल्यक्रिया हुँदैछ । क्लबले उनको खुट्टाको शल्यक्रिया आवश्यक रहेको उनी पूर्ण रुपमा फिट हुन कम्तीमा तीन देखि ४ महिना लाग्ने बताएको छ । त्यस बेलासम्म यो सिजनको खेलहरु सकिनेछ ।

नेयमारलाई पछिल्ला केही वर्षयता दाहिने खुट्टामा लागतार चोट बोकिरहेको छ । सन् २०२२ को विश्वकपमा सर्वियाविरुद्धको समूहको पहिलो खेलमा चोट लागेपछि उनले ब्राजिलका दुई खेल गुमाएका थिए ।

बार्सिलोनाका पूर्व फरवार्ड नेयमारले दायाँ खुट्टाकै लिगमेन्ट च्यातिएका कारण सन् २०१९ को कोपा अमेरिका कपसँगै सन् २०२१ मा पनि सोही खुट्टाको चोटका कारण लामो समय मैदान बाहिर रहेका थिए । नेयमारले यस सिजन पिएसजीका लागि २९ खेलमा १८ गोल र १० असिस्ट प्रदान गरेका छन् ।

क्रिस्टोफ गाल्टिएरको टोली फ्रेन्च लिग वानमा ८ अंकको अग्रता लिदै तालिकाको शीर्ष स्थानमा छ । पिएसजीको २६ खेलबाट ६३ अंक छ । समान खेलबाटै मार्सेको ५५ अंक छ । पिएसजी ११औंपटक फ्रेन्च लिग वानको उपाधि जित्न चहान्छ ।

पिएसजीले बुधबार राति च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग खेल्दैछ । पहिलो लेगमा पिएसजी १–० ले पछि छ । पिएसजीको सिजनको अन्तिम लिग खेल ३ जुनमा क्लेरमन्टसँग हुनेछ । च्याम्पियन्स लिगको फाइनल १० जुनमा हुनेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.