9 years ago
December 31, 2016
चेल्सी (एजेन्सी)– चेल्सीले प्रिमियर लिगमा लगातार १३ औं खेल जित्ने क्रममा शनिबार स्टोक सिटीलई ४–२ ले हराउँदै शीर्षस्थालाई थप बलियो बनाएको छ । एकै सिजनमा लगातार १३ खेल जित्ने आर्सनलको कीर्तिमानलाई शनिबारको सफलतापछि चेल्सीले बराबरी गरेको छ ।

२ पटक सम्म खेललाई बराबरी गरेपनि अन्तिम २५ मिनेट चेल्सीले थप दुई गोल गर्दैै विजय यात्रालाई कायम राखेको थियो । ग्यारी काहिलले ३४ औं मिनेटमा चेल्सीका लागि पहिलो गोल गरे । दोस्रो हाफको पहिलो हाफमै ब्रुनो मार्टिन्स इन्डीले स्टोकका लागि बराबरी गोल फर्काए ।
विलियन्सले पनि ५७ औं मिनेटमा गोल गर्दैै चेल्सीलाई अगाडि बढाएपनि ६४ औं मिनेटमा स्टोकका लागि पिटर क्रचले बराबरी गोल फर्र्काए । विलियम्सले ६५ औं र डिएगो कोस्टाले ८५ औं मिनेटमा गोल गरेपछि चेल्सीको जित निश्चित भएको थियो । १९ खेलमा चेल्सीको ४९ अंक पुगेको छ ।
४० अंकसहित दोस्रो स्थानमा रहेको लिभरपुल र ३९ अंकका साथ तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीबीच शनिबार नै प्रतिस्पर्धा हुँदै छ । प्रिमियर लिगमा शनिबारका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले मिडल्सब्रोलाई २–१, बर्नलीले सन्डरल्यान्डलाई ४–१ ले, साविक विजेता लेस्टरले वेस्ट ह्याम युनाइटेडलाई १ –० ले , वेस्ट ब्रोमविचले साउथह्याम्टनलाई २–१ ले र बोर्नमाउथले स्वान्सी सिटीलाई ३–० ले हराएको छ । हल सिटी र एभर्टनले २–२ को बराबरी खेलेका थिए ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]