3 years ago
March 8, 2023
एजेन्सी – पोर्चुगिज फरवार्ड गोन्कालो रामोसले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पोचुगिज क्लब बेन्फिका सानदार जित दर्ता गर्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा बेल्जियन क्लब ब्रुगमाथि ५–१ को तथा सम्रगमा ७–१ को सानदार जित निकाल्दै बेन्फिका अन्तिम आठमा पुग्न सफल भएको हो । बेन्फिकाले पहिलो लेगमा २–० को जित निकालेको थियो ।
घरेलु मैदानमा बेन्फिकाको जितमा गोन्कालो रामोसले दुई तथा राफा सिल्भा, जोआओ मारियो र डेभिड नेरेसले गोल गरे । क्लब ब्रुगका विजोर्न मेइजेरले एक गोल फर्काए ।
लिस्वोआमा मंगलबार राति भएको खेलको दोस्रो मिनेटमा नै जोआओ मारियोले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा बेन्फिका अग्रता लिनबाट चुक्यो । ३८औं मिनेटमा राफा सिल्भाले गोल गर्दै बेन्फिकालाई १–० को अग्रता दिलाए । उनले गोन्कालो रामोसको पासमा गोल गर्न सफल भए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रामोसले गोल गर्दै बेन्फिकाको अग्रता दोब्बर पारे । उनले जोआओ मारियोको पासमा गोल गर्न सफल भएका थिए ।

५७औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बेन्फिका सहज जिततर्फ अग्रसर बन्यो । उनले एलेक्स ग्रिमाल्डोको पासमा गोल गर्न सफल भएका थिए । ७१औं मिनेटमा जोआओ मारियाले पेनाल्टीमा गोल गर्दै बेन्फिकालाई ४–० ले अघि बढाए ।
७७औं मिनेटमा डेभिड नेरेशले जोआओ नेभेसको पासमा गोल गरेपछि बेन्फिका खेलमा ५–० ले अघि बढ्यो । ८७औं मिनेटमा विजोर्न मेइजेरले टाजोन बुचानानको पासमा गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याएपनि क्लब ब्रुग पराजित हुँदै बाहिरिन पुग्यो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]