3 years ago
March 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दोस्रो चरणको खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लब खेलिरहेका छन् । खेलको पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा छन् ।

शेर्पाले तुलनात्मक रुपमा बढी अवसर सिर्जना गरेको छ । त्यसो त पहिलो हाफमा पेनाल्टीको अवसर पाएपनि शेर्पा अग्रता लिन सफल भएन । ३१ औं मिनेटमा अजित भण्डारीले डेब्यु गरिरहेका विदेशी फरवार्ड अबयोमी ओलुवासेन फाकुन्लेमाथि फल गरेका थिए । रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टीको निर्णय दिएपछि पुलिसका खेलाडी र बेन्च आक्रोशित बनेका थिए ।
तर पेनाल्टी दिने निर्णय पुलिसका लागि घातक सावित भएन । निशान लिम्बुको पेनाल्टी शत्रुघन चौधरीले बचाउँदै खेल गोलरहित नै राखे । निशानले पोस्टको दायाँतर्फ गरेको फितलो प्रहार शत्रुघनले विफल पारे । जवाफी रिबाउन्डमा अमृत श्रेष्ठको प्रहारले पोस्टको दिशा लिन सकेन ।
४१ औं मिनेटमा पुलिसले पनि अग्रता लिने अवसर गुमायो । पेनाल्टी क्षेत्रभित्र लगातार दुई प्रहार डिफेन्डरले छेकेपछि रवी पासवानको अन्तिम प्रहार पोस्टभन्दा थोरैले बाहिरियो ।
४३ औं मिनेटमा पुलिसका गोलरक्षक शत्रुघनले जोगाएको बल टिप्ने क्रममा पेनाल्टी क्षेत्र बाहिर निस्केपछि फ्रिकिक दिए । सत्यम शर्माले प्रहार गरेको फ्रिकिक थोरैले बाहिरियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]