default_image

3 years ago

March 8, 2023

उज्बेकी दाभ्लातको गोलमा मनाङले संकटालाई हरायो

233 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९ मा पहिलो जित दर्ता गरेको छ । उज्बेकी साइदजामोल दाभ्लातजोनोभको गोलमा मनाङले संकटा क्लबलाई १-० ले हराएको हो ।

मनाङले लिगमा पहिलो जित दर्ता गर्दा संकटा भने पहिलो हार बेहोर्न पुग्यो । दुवै टोली पहिलो खेलमा बराबरीमा रोकिएका थिए । मनाङले २ खेलमा ४ अंक जोड्दा संकटाले २ खेलमा १ अंक जोडेको छ ।

खेलको १९ औं मिनेटमा संकटाले दोहोरो अवसरको फाइदा उठाउन सकेन । फरवार्ड मनिष डाँगीको प्रहार गोलरक्षक दिप कार्कीले राम्रोसँग क्लियर गर्न सकेनन् । जवाफी रिबाउण्डमा आएको बललाई सुनिल श्रेष्ठले खाली पोस्टको दिशा दिएपनि मनाङका प्रवेश कुँवरले गोललाईनबाट क्लियर गरे ।

५३ औं मिनेटमा सुमित श्रेष्ठको प्रहार संकटाका गोलरक्षकले पन्च गर्दै बचाए । लगत्तै मनाङका दाभ्लातले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए । उनले बायाँ विंगबाट गरेको प्रहार संकटाका गोलरक्षक टिकेन्द्र सिंह थापाले पन्च गर्दै बचाएपनि पोस्टभित्र पसेको थियो । उज्बेकी विंगरको प्रहार डिफ्लेक्ट हुँदा गोलरक्षक टिकेन्द्रले ढिला गरि थाहा पाए ।

खेलको ६९ औं मिनेटमा मनाङका सुमित श्रेष्ठको प्रहार पोष्टमाथिबाट आकाशियो । त्यसपछि ८० औं मिनेटमा पनि सुमितले अवसर सदुपयोग गर्न सकेनन् । गोलरक्षक अन्त्यमा बिट भएपनि उनको हाफ भली पोस्टभन्दा निकै माथि गएको थियो । इन्ज्युरी समयमा संकटाका चन्दन कुमार दासको प्रहारले पोस्टको दिशा लिन नसक्दा टोली हार बेहोर्न बाध्यो भयो ।

त्यसअघि दिनको पहिलो खेलमा डिफेन्डर अमृत श्रेष्ठले इन्ज्युरी समयमा गरेको गोलमा हिमालयन शेर्पा क्लबले शहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित गरेको थियो । शेर्पाले नेपाल पुलिस क्लबमाथि १-० को जित दर्ता गरेको हो ।

दशरथ रंगशालामा भएको खेलमा शेर्पाले पहिलो हाफमा शेर्पाले तुलनात्मक रुपमा बढी अवसर सिर्जना गरेपनि अग्रता लिएको थिएन । दोस्रो हाफमा दुवै टोलीले अपेक्षित खेल प्रदर्शन गर्न सकेनन् । तर इन्ज्युरी समयमा शेर्पाले गोल गर्यो । कर्नरमा क्लियर हुन नसकेको बलमा अमृतले गोल गरेका थिए ।

त्यसो त पहिलो हाफमा पेनाल्टीको अवसर पाएपनि शेर्पा अग्रता लिन सफल भएन । ३१ औं मिनेटमा अजित भण्डारीले डेब्यु गरिरहेका विदेशी फरवार्ड अबयोमी ओलुवासेन फाकुन्लेमाथि फल गरेका थिए । रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टीको निर्णय दिएपछि पुलिसका खेलाडी र बेन्च आक्रोशित बनेका थिए ।

तर पेनाल्टी दिने निर्णय पुलिसका लागि घातक सावित भएन । निशान लिम्बुको पेनाल्टी शत्रुघन चौधरीले बचाउँदै खेल गोलरहित नै राखे । निशानले पोस्टको दायाँतर्फ गरेको फितलो प्रहार शत्रुघनले विफल पारे । जवाफी रिबाउन्डमा अमृत श्रेष्ठको प्रहारले पोस्टको दिशा लिन सकेन ।

४१ औं मिनेटमा पुलिसले पनि अग्रता लिने अवसर गुमायो । पेनाल्टी क्षेत्रभित्र लगातार दुई प्रहार डिफेन्डरले छेकेपछि रवी पासवानको अन्तिम प्रहार पोस्टभन्दा थोरैले बाहिरियो ।

४३ औं मिनेटमा पुलिसका गोलरक्षक शत्रुघनले जोगाएको बल टिप्ने क्रममा पेनाल्टी क्षेत्र बाहिर निस्केपछि फ्रिकिक दिए । सत्यम शर्माले प्रहार गरेको फ्रिकिक थोरैले बाहिरियो ।

दोस्रो हाफमा दुवै टोलीले डरलाग्दो आक्रमण सिर्जना गर्न सकेनन् । शेर्पाले ७२ औं मिनेटमा गोलरक्षक तथा कप्तान किशोर गिरीलाई चोटका कारण गुमाएको थियो । अन्त्यत्यिर तीन विदेशी फरवार्ड उतार्दै शेर्पाले लगातार दबाब दिएको थियो । फलस्वरूप कर्नरबाट शेर्पाले अमृतमार्फत जित दर्ता गर्यो ।

पुलिस यस नतिजासँगै २ खेलमा कुनै अंक जोड्न सकेको छैन । टोलीले यसअघि पहिलो खेलमा चर्च ब्वाइजसँग २-१ ले पराजित भएको थियो । शेर्पाले भने २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा शेर्पा र मनाङ १-१ को बराबरी रोकिएका थिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.