default_image

9 years ago

December 31, 2016

पोग्बाको निर्णायक गोलमा युनाइटेडको जित

128 views

0 Bookmark

युनाइटेड (एजेन्सी)– पाउल पोग्बाले खेल सकिन ४ मिनेट बाँकी रहँदा हेड मार्फत गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा शनिबार मिडल्सब्रोलाई २–१ ले हराएको छ । प्रिमियर लिगमा युनाइटेडको यो लगातार पाँचौं जित हो ।

pogba
ग्रान्ट लिडविटरले ६६ औं मिनेटमा गोल गर्दै मिडल्सब्रोलाई अग्रता दिलाएका थिए । मिडल्सब्रोका भिक्टोर भाल्डेजले याल्टान इब्राहिमोभिचको प्रहारलाई रोकेपछि एन्थोनी मार्सियलले ८४ औं मिनेटमा बराबरी गोल गरेका थिए । त्यसको तीन मिनेट नवित्दै पोग्बाले हेडमार्फत गोल गरेपछि युनाइटेडको लगातार पाँचौं जित पक्का भएको थियो ।

शनिबारकै अर्को खेलमा विलियम्सले २ गोल गरेको खेलमा चेल्सीले स्टोक सिटीलाई ४–२ ले हराएको छ । १९ खेलमा चेल्सीको ४९ अंक र छैटौं स्थानको युनाइटेडको ३६ अंक छ । प्रिमियर लिगमा शनिबारका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले मिडल्सब्रोलाई २–१, बर्नलीले सन्डरल्यान्डलाई ४–१ ले, साविक विजेता लेस्टरले वेस्ट ह्याम युनाइटेडलाई १ –० ले , वेस्ट ब्रोमविचले साउथह्याम्टनलाई २–१ ले र बोर्नमाउथले स्वान्सी सिटीलाई ३–० ले हराएको छ । हल सिटी र एभर्टनले २–२ को बराबरी खेलेका थिए ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.