3 years ago
March 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हन्ड्रेड स्पोर्टस म्यानेजमेन्ट प्रालिले फुटबलर एन्जिला तुम्बाप्पो सुब्बालाई ब्राण्ड एम्बास्डर बनाएको छ ।

बुुधबार अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर हन्ड्रेड स्पोर्टस म्यानेजमेन्ट प्रालिले राष्ट्रिय फुटबल टिमकी कप्तानसमेत रहेकी एन्जिलालाई चार वर्षका लागि ब्राण्ड एम्बासडर घोषणा गरेको हो ।
हन्ड्रेड स्पोर्टसका संस्थापक रबिन्द्र भाटी र फुटबलर एन्जिलाले औपचारिक एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार पहिलो वर्ष मासिक २० हजार, दोस्रो वर्ष मासिक ३० हजार, तेस्रो वर्ष मासिक ४० हजार र चौथो वर्ष मासिक ५० हजार रुपैयाँ हन्ड्रेड स्पोर्ट्सले एन्जिलालाई उपलब्ध गराउनेछ ।
साथै हन्ड्रेड स्पोर्टसले एन्जिलाको सबै प्रकारको कमर्सियल अधिकार समेत लिएको छ । हन्ड्रेड स्पोर्टसका निर्देशक विकास खेतानले खेलकुदमा व्यवसायिक र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ राष्ट्रिय फुटबल खेलाडी एन्जिलासँग सहकार्य गरिएको बताए ।
कप्तान एन्जिलाले आफुले प्राप्त गरेको अवसरमा विस्तारै अन्य खेलाडी समेत जोडिने विश्वास व्यक्त गरिन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]