3 years ago
March 9, 2023
एजेन्सी – इटालियन क्लब एसी मिलान ११ वर्षपछि युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

इंग्लिस प्रतिद्धन्द्धी टोटेनहम हटस्परसँग दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपनि समग्रमा १–० को जितसँगै मिलान सन् २०११–१२ को सिजनपछि क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।
मिलानले पहिलो लेगमा १–० को जित निकालेको थियो । त्यही जित नै मिलानलाई अन्तिम आठमा पुग्न पर्याप्त रह्यो । टोटेनहम हटस्पर स्टेडियममा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवरि सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकियो ।
७७औं मिनेटमा टोटेनहम १० खेलाडीमा समेटिन पुगेको थियो । क्रिस्टियन रोमेरो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटेनहमको खेलमा फर्कने सम्भावना टाढिएको थियो ।
सन् २०११–१२ को सिजनमा मिलान क्वाटरफाइनलमा क्याटलान क्लब बार्सिलोनासँग समग्रमा ३–१ ले पराजित हुँदै बाहिरिएको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]