3 years ago
March 10, 2023
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब रियल बेटिसमाथि ४–१ को फराकिलो जित निकालेको हो । युनाइटेडको जितमा मार्कस रासफर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेस र वोउट वेगह्रस्टले गोल गरे । रियल बेटिसका एयोजी पेरेजले एक गोल फर्काए ।
खेलको छैटौं मिनेटमा रासफर्डको गोलबाट युनाइटेडले १–० को अग्रता लिएको थियो । ३२औं मिनेटमा एयोजीले गोल गर्दै खेललाई पहिलो हाफका १–१ गोलको बराबरीमा ल्याए ।
दोस्रो हाफ भने युनाइटेडको नाममा रह्यो । ५२औं मिनेटमा एन्टोनीले ब्रुनोको पासमा गोल गर्दै युनाइटेडलाई २–१ ले अघि बढाए । ५८औं मिनेटमा ब्रुनोले लुका साको पासमा गोल गर्दै टोलीलाई ३–१ को अग्रतासहित सहज जिततर्फ अगाडि बढाए ।
त्यसपछि ८२औं मिनेटमा वोउट वेगह्रस्टले स्कट म्याकटोमिनेको पासमा गोल गर्दै युनाइटेडको सानदार जित पक्का गराए ।यस जितले युनाइटेडको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।
दोस्रो लेगमा यही नतिजा कायम राख्न सके युनाइटेड क्वाटरफाइनलमा पुग्नेछ । रियल बेटिसलाई भने फराकिलो जित बाहेकको विकल्प छैन । दोस्रो लेग १६ मार्चमा रियल बेटिसको मैदानमा हुँदैछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]