3 years ago
March 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लबले यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको हो ।

एफसी खुमलटारलाई २–० ले पराजित गर्दै थ्री स्टारले लिगमा पहिलो जित दर्ता गरेको हो । यसअघि थ्री स्टार पहिलो खेलमा नेपाल एपिएफ फुटबल क्लबसँग २–० ले पराजित हुँदा फ्रेन्ड्स क्लबसँग ३–३ गोलको बराबरीमा रोकिएको थियो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा थ्री स्टारको जितमा अजायी मार्टिन्सले दुवै गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
प्रतिस्पर्धात्मक खेलको ५३औं मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई १–० को अग्रता दिलाए । त्यसपछि ८३औं मिनेटमा मार्टिन्सले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीलाई पहिलो जित दिलाए ।

यस जितसँगै थ्री स्टारले ३ खेलबाट ४ अंक बटुलेको छ । लगातार दोस्रो हार बेहोरेको खुमलटारको ३ खेलबाट ३ अंक छ । खुमलटारले पहिलो खेलमा फ्रेन्ड्सलाई १–० ले पराजित गर्दा दोस्रो खेलमा चर्च ब्वाइजसँग ३–१ ले पराजित भएको थियो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]