default_image

3 years ago

March 11, 2023

सिरियाका पुर्व कप्तानलाई आजीवन प्रतिबन्ध

370 views

0 Bookmark

एजेन्सी – सिरियाली फुटबल संघ (एसएफए) ले रेफ्रीमाथि आक्रमण गरेको आरोपमा सिरियाको राष्ट्रिय टोलीका पुर्व कप्तान अहमद अल–सालेहलाई आजीवन प्रतिबन्ध लगाएको छ ।

सिरियाली फुटबल संघले पूर्व राष्ट्रिय कप्तान अहमद अल–सालेहले रेफ्रीलाई ‘लात, अपमान र थुकेको’ भन्दै आजीवन प्रतिबन्ध लगाएको हो ।

३३ वर्षीय अल–जैश डिफेन्डरले शुक्रबार अल–वाथबाविरुद्धको खेलमा रातो कार्ड देखाइएपछि उनी रेफ्री टोलीमाथि जाइलागेका थिए । अल–सालेहलाई दुवै पक्षका खेलाडीहरूले संयम राख्न प्रयास गरेका थिए ।

एसएफए अनुशासन समितिले अपिल गर्न नपाउने गरी अल–सालेह र अल–जैश दुवैलाई जरिवाना पनि लगाएको छ । एसएफएले अल–सालेहले खेलपछि ड्रेसिङ रुममा रेफ्रीलाई लगातार अपमान गरिरहेको बताएको छ ।

सिरियाको उमेर समूह यु–१७, यु–२० र यु–२३ हुँदै अल–सालेहले सिनियर टोलीमा स्थान बनाएका थिए । २००८ देखि सिरियाको राष्ट्रिय टोलीमा रहेका अल–सालेहले २०२२ सम्म ५६ खेलमा २ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.