3 years ago
March 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार तेस्रो हार बेहोरेको छ ।

संकटा क्लबसँग ३–० ले पराजित भएसँगै पुलिसले यो सिजनको सुरुवाती तीन खेल नै गुमाउन पुगेको हो । पुलिस पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडसँग २–१ ले तथा दोस्रो खेलमा हिमालयन शेर्पासँग १–० ले पराजित भएको थियो । त्यो हारको श्रृंखलालाई पुलिसले संकटाविरुद्ध पनि दियो ।
ललितपुरको च्यासलस्थित च्यासल रंगशालामा शनिबार भएको खेलमा संकटाको जितमा गणेश हमाल, रोशन पहरी र सुरज ज्यू ठकुरीले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएको थियो ।
१२औं मिनेटमा गणेश हमालले गोल गर्दै संकटालाई १–० को अग्रता दिलाए । जुनियर एनकेन्गेको पासमा गणेश हमालले एक डिफेन्डर र गोलरक्षक शत्रुघन चौधरीलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।
८०औं मिनेटमा परिवर्तित खेलाडी रोशन पहरीले गोल गर्दै संकटाको अग्रता दोब्बर पारे । ५७औं मिनेटमा सुनिल श्रेष्ठको स्थानमा मैदान छिरेका रोशनल निशान खड्काको क्रसमा हेमन्त श्रेष्ठले राम्रोसँग क्लियर गर्न नसकेको बललाई पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत हुँदा पुलिसका गोलरक्षक शत्रुघन चौधरीले रोक्ने कुनै मौका नै पाएन ।
८६औं मिनेटमा सुरज ज्यू ठकुरीले गोल गर्दै संकटालाई ३–० को जित दिलाए । मनिष डाँगीले मिलाइदिएको पासमा सुरज ज्यू ठकुरीले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो । सुरजको प्रहारमा पुलिसका गोलरक्षक शत्रुघनले ठम्याएपनि बचाउन सकेनन् ।
संकटाको यो पहिलो जित हो । यसअघि संकटाले पहिलो खेलमा आर्मीसँग गोलरहित बराबरी खेल्दा दोस्रो खेलमा मनाङसँग १–० ले पराजित भएको थियो । पहिलो जितसँगै संकटाको ३ खेलबाट ४ अंक पुगेको छ । तीनै खेल गुमाएको पुलिसले अंकको खाता खोल्न सकेको छैन ।
पुलिसले गत वर्ष च्यासल युथ क्लबलाई २–१ ले पराजित गरेयता लिगमा जित निकाल्न सकेको छैन । त्यसपछि पुलिसले सकंटासहित ७ खेल खेल्दा जित निकाल्न सकेको छ । च्यासललाई हराएपछि पुलिसले सातदोबाटोसँग १–० को हार, थ्री स्टार र एपिएफसँग समान १–१ गोलको बराबरी तथा एनआरटीसँग ३–१ ले पराजित भएको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]