3 years ago
March 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयमा दीपक राज सिंह ठकुरीले गोल गरेपछि सातदोबाटो युथ क्लबले यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ ।

फ्रेन्ड्स क्लबलाई १–० ले पराजित गर्दै सातदोबाटोले लिगमा लगातार तेस्रो जित दर्ता गरेको हो । सातदोबाटोको जितमा इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा दीपक राज सिंह ठकुरीले गरेको गोल नै निर्णायक बन्यो ।
निरज चौधरीले पेनाल्टी बक्समा उपलध्ब गराएको पासमा दीपकले प्रेम भण्डारी र गोलरक्षक राजा बाबु थापालाई बिट गर्दै गोल गर्न सफल भएका थिए । जारी लिगमा उनको यो तेस्रो गोल हो ।
त्यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको ४३औं मिनेटमा रफिक अमिनुको प्रहारलाई नरेन्द्र चौधरीले गोललाइन नजिकैबाट क्लियर गर्दा फ्रेन्ड्स अग्रता लिनबाट चुक्यो ।
त्यसमै कप्तान प्रकाश बुढाथोकीको कर्नरमा हेडरमार्फत आएको बललाई रफिक एमिनुको हेडरलाई सुशिल लामाले गोललाइनबाट बचाउँदै सातदोबाटोलाई खेलमा राखे । त्यसकै रिवाउन्डमा प्रकाश बुढाथोकीको प्रहारलाई अब्दुल अबुबकारीले ब्लक गरिदिए ।
लगातार तेस्रो जितसँगै सातदोबाटोले शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडसँगको अंक दुरी बराबरी गरेको छ । दुवै टोलीको समान ३ खेलबाट ९ अंक पुगेको छ । सातदोबाटोले पहिलो खेलमा एनआरटीलाई २–१ ले तथा दोस्रो खेलमा एपिएफलाई १–० ले पराजित गरेको थियो ।
फ्रेन्ड्सको यो दोस्रो हार हो । पहिलो खेलमा एफसी खुमलटारसँग १–० ले पराजित भएको फ्रेन्ड्सले आफ्नो दोस्रो खेलमा थ्री स्टारसँग ३–३ गोलको बराबरी खेलेको थियो । यस हारसँगै फ्रेन्ड्सले तीन खेलबाट १ अंक जोडेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]