9 years ago
January 1, 2017
लण्डन – (एजेन्सी) -स्टोक बिरुद्ध चेल्सिकालागी दुइ असिस्ट सिर्जना गरेका चेल्सिका मिडफिल्डर फेब्रिगास प्रिमियर लिगमा सबै भन्दा छिटो १०० असिस्ट पुग्ने खेलाडी बनेका छन ।

आर्सनल र चेल्सिका लागी जोडेर २९३ खेलमा १०० असिस्ट गर्दै उनले आफ्नो नाममा उक्त किर्तिमान राखेका हुन । आर्सनलबाट २१२ प्रिमियर लिगका खेलहरुमा आफ्नु उपस्थिति जनाएका उनले चेल्सिबाट ८१औ खेल खेल्दा १०० गोलमा आफ्नो योगदान दिएका हुन ।
म्यान्चेस्टर युनाइटेडका गिग्स , चेल्सिका लाम्पार्ड र युनाइटेडका रुनि गरी उनि प्रीमियर लिगमा १०० असिस्ट गर्ने उनि चौथो खेलाडी हुन । यसअघी ३६७ खेलमा १०० असिस्ट पुर्याएका युनाइटेडका पुर्व मिड्फिल्डर गिग्सलाई फेब्रिगासले पछी पारेका हुन ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]