3 years ago
March 11, 2023
एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर रियलले स्पान्योलमाथि ३–१ को पूनरागमन जित निकालेको हो ।

सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा रियलको पूनरागमन जितमा भिनिसियस जुनियर, एडर मिलिसाओ र मार्काे एसेन्सियोले गोल गरे । स्पान्योलका जोसेलुको गोल सान्त्वना बन्यो ।
खेलको आठौं मिनेटमा जोसेलुको गोलबाट रियल खेलमा पछि परेको थियो । उनले रुवेन सान्चेजको पासमा गोल गर्न सफल भएका थिए । एक गोलले पछि परेको रियल २२औं मिनेटमै खेलमा फर्कियो । भिनिसियस जुनियरले टोनी क्रुसको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
३९औं मिनेटमा एडर मिलिसाओले गोल गरेपछि रियलले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो । उनले औरेलिएन चुआमेनीको पासलाई सदुपयोग गरेका थिए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा परिवर्तित खेलाडी मार्काे एसेन्सियोले गोल गर्दै रियललाई ३–१ को पूनरागमन जित दिलाए । ७२औं मिनेटमा लुका मोड्रिचको स्थानमा मैदान छिरेका एसेन्सियोले नाचो फर्नान्डेसको पासमा गोल गर्न सफल भएका थिए ।
यस जितसँगै रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी ६ मा छोट्याएको छ । रियलको २५ खेलबाट ५६ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ६२ अंक छ । पराजित स्पान्योल २५ खेलबाटै २७ अंक जोडेर १३औं स्थानमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]