default_image

3 years ago

March 12, 2023

हालान्डको गोलमा सिटीको जित

214 views

0 Bookmark

एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा झिनो जित दर्ता गरेको छ ।

सिटीले घरेलु टोली क्रिस्टल प्यालेसमाथि १–० को झिनो जित निकाल्दै शीर्षस्थानको आर्सनलमाथि दवाव बढाएको हो । सेलह्रस्ट पार्क लन्डनमा शनिबार राति भएको खेलमा पाहुना टोली सिटीले खेलको सुरु देखि नै घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफमा पेनाल्टीको सहारा लिनुपरेको थियो ।

७८औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई १–० को जित दिलाए । इल्केए गुन्डोगानलाई माइकल ओलिसले फउनल गरेपछि रेफ्रीले पेनाल्टी प्रदान गर्दा हालान्ड चुकेनन् । प्रिमियर लिगमा हालान्डको यो २६औं खेलमा २८औं गोल हो । उनले ५ असिस्ट पनि प्रदान गरेका छन् ।

यस जितले सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी २ मा छोट्याएको छ । दोस्रो स्थानमा रहेको सिटीको २६ खेलमा ६१ अंक पुगेको छ । एक खेल कम खेलेको आर्सनलको ६३ अंक छ । पराजित क्रिस्टल प्यालेस २७ अंक जोडेर १२औं स्थानमा छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.