default_image

3 years ago

March 12, 2023

चेल्सीले लेस्टरलाई हरायो

348 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले लेस्टर सिटीलाई पराजित गरेको छ । चेल्सीले १० खेलाडीमा समेटिएको लेस्टर सिटीलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो ।

चेल्सीको जितमा बेन चिलवेल, काई हाभर्टज र माटियो कोभासिसले गोल गरे । लेस्टरका पास्टन डाकाले एक गोल फर्काए ।किङ पावर स्टेडियममा शनिबार राति भएको खेलको ११औं मिनेटमा बेन चिलवेलको गोलबाट चेल्सीले १–० को अग्रता लिन सफल भयो । उनले कालिडोउ कोउलीबलीको पासमा गोल गर्न सफल भएका थिए ।

३४औं मिनेटमा जोआओ फेलिक्सले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा चेल्सी अग्रता दोब्बर पार्नबाट चुक्यो । ३९औं मिनेटमा पास्टन डाकाले रिकार्डाे पेरेइराको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा काई हाभर्टजले एन्जो फर्नान्डेजको पासमा गोल गरेपछि चेल्सीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो ।

७८औं मिनेटमा माटियो कोभासिसले मिखाइलो मुड्रिकको पासमा गोल गरेपछि चेल्सी जिततर्फ अग्रस बन्यो । ८७औं मिनेटमा लेस्टर १० खेलाडीमा समेटिन पुग्यो । वोउट फाइस दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि तप गोल निस्कन नसक्दा चेल्सी विजयी हुन सफल भयो ।

प्रिमियर लिगमा चेल्सीकाे याे लगातार दाेस्राे जित हाे । यसअघि चेल्सीले लिड्सलाई १–० ले पराजित गरेकाे थियाे । यस जितसँगै चेल्सी २६ खेलबाट ३७ अंक जोडेर १०औं स्थानमा छ । पराजित लेस्टर २४ अंक जोडेर १६औं स्थानमा छ ।

अन्य नतिजा
बर्नमाउथविरुद्ध लिभरपुल (–०)
लिड्सविरुद्ध ब्राइटन (२–२)
टोटेनहमविरुद्ध नटिङहम फरेस्ट (–१)
एभर्टनविरुद्ध ब्रेन्टफर्ड (–०)
क्रिस्टल प्यालेसविरुद्ध म्यानचेस्टर सिटी (०–)

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.