3 years ago
March 12, 2023
एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले सहज जित हात पार्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाउँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

घरेलु मैदानमा एटलान्टालाई २–० ले पराजित गर्दै नेपोलीले शीर्ष स्थानमा पुनः १८ अंकको अग्रता लिन सफल भएको छ । डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा शनिबार राति भएको खेलमा नेपोलीको जितमा केभिचा केभरातसेखिया र अमिर रहमानीले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
६०औं मिनेटमा केभिचाले गोल गर्दै नेपोलीलाई १–० को अग्रता दिलाए । उनले भिक्टर ओसिमहेनको पासमा गोल गर्न सफल भएका थिए । ६७औं मिनेटमा अमिर रहमानीले इल्जिफ इल्मासको पासमा गोल गर्दे नेपोलीको जित पक्का गरे ।
यस जितसँगै नेपोलीको २६ खेलबाट ६८ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको इन्टर मिलानको ५० अंक छ । जुन १८ अंकको अन्तर हो । पराजित एटलान्टा ४२ अंक जोडेर छैटौं स्थानमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]