default_image

3 years ago

March 12, 2023

नेपालले नर्दन मारियाना आइल्याण्डसँग खेल्दै

312 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले आज आफ्नो अन्तिम खेलमा नर्दन मारियाना आइल्याण्डसँग खेल्दैछ ।

यो खेल प्यालेस्टाइनको फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा नेपाली समयअनुसार राति ६ः४५ बजेपछि हुनेछ । नर्दन मारियाना आइल्याण्डलाई बराबरीमा रोकेपनि नेपाल दोस्रो चरणमा छनोट हुनेछ ।

नेपालले पहिलो खेलमा घरेलु टोली प्यालेस्टाइनलाई ६–० ले पराजित गरेको थियो । जसमा दीपा शाहीले ४ तथा गरिमा राईले दुई गोल गरेकी थिइन् ।

नेपाल सोही जितको लयलाई निरन्तरता दिदै लगातार दोस्रो जितसहित समूह विजेता बनेर दोस्रो चरणमा प्रवेश गर्ने लक्ष्यमा मैदानमा उत्रनेछ ।

यता, आयोजक तथा घरेलु टोली प्यालेस्टाइनसँग ३–१ ले पराजित भएको नर्दन मारियाना आइल्याण्ड पनि नेपाललाई स्तब्ध पार्ने लक्ष्यमा मैदान उत्रनेछ ।

यो समूह ‘बी’ मा नेपाल र प्यालेस्टाइनको समान ३ अंक रहेपनि गोल अन्तरमा नेपाल अघि छ । नर्दन मारियाना आइल्याण्डले अंकको खाता खोल्न सकेको छैन ।

पहिलो चरणबाट ८ समूहको विजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।

एएफसी यू–२० महिला एसियन कपमा सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुँदैछ ।
आयोजक उज्वेकिस्तानसहित २०१९ को विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टिम छनोट भइसकेका छन् ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.