default_image

3 years ago

March 12, 2023

नेपालले नर्दन मारियाना आइल्याण्डसँग खेल्दै

314 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले आज आफ्नो अन्तिम खेलमा नर्दन मारियाना आइल्याण्डसँग खेल्दैछ ।

यो खेल प्यालेस्टाइनको फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा नेपाली समयअनुसार राति ६ः४५ बजेपछि हुनेछ । नर्दन मारियाना आइल्याण्डलाई बराबरीमा रोकेपनि नेपाल दोस्रो चरणमा छनोट हुनेछ ।

नेपालले पहिलो खेलमा घरेलु टोली प्यालेस्टाइनलाई ६–० ले पराजित गरेको थियो । जसमा दीपा शाहीले ४ तथा गरिमा राईले दुई गोल गरेकी थिइन् ।

नेपाल सोही जितको लयलाई निरन्तरता दिदै लगातार दोस्रो जितसहित समूह विजेता बनेर दोस्रो चरणमा प्रवेश गर्ने लक्ष्यमा मैदानमा उत्रनेछ ।

यता, आयोजक तथा घरेलु टोली प्यालेस्टाइनसँग ३–१ ले पराजित भएको नर्दन मारियाना आइल्याण्ड पनि नेपाललाई स्तब्ध पार्ने लक्ष्यमा मैदान उत्रनेछ ।

यो समूह ‘बी’ मा नेपाल र प्यालेस्टाइनको समान ३ अंक रहेपनि गोल अन्तरमा नेपाल अघि छ । नर्दन मारियाना आइल्याण्डले अंकको खाता खोल्न सकेको छैन ।

पहिलो चरणबाट ८ समूहको विजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।

एएफसी यू–२० महिला एसियन कपमा सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुँदैछ ।
आयोजक उज्वेकिस्तानसहित २०१९ को विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टिम छनोट भइसकेका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.