default_image

3 years ago

March 12, 2023

नर्दन मारियानाको पोस्टमा नेपालको ६ गोल

254 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो चरणको आफ्नो अन्तिम खेलमा नर्दन मारियाना आइल्याण्डलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह ‘बी’ को विजेता बनेर दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।

नेपालले पहिलो खेलमा घरेलु तथा आयोजक प्यालेस्टाइनमाथि पनि ६–० कै फराकिलो जित निकालेको थियो । प्यालेस्टाइनको फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा आइतबार राति भएको खेलमा नेपालको फराकिलो जितमा दीपा शाही र सारा बज्राचार्यले समान दुई तथा सरस्वती हमाल र जेनिफर राणाले समान एक गोल गरिन् । पहिलो हाफमा पाँच तथा दोस्रो हाफमा एक गोल भएको थियो ।

खेलको चौथो मिनेटमा दीपा शाहीले गोलगर्दे नेपाललाई १–० को अग्रता दिलाइन् । छैटौं मिनेटमा सरा बज्राचार्यले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । १९औं मिनेटमा दीपा शाहीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै नेपाललाई ३–० ले अघि बढाइन् ।

३०औं मिनेटमा सरस्वती हमालले गाल गरेपछि नेपालले खेलमा ४–० को आरामदायी अग्रता बनाउन सफल भयो । ४५औं मिनेटमा सरा बज्राचार्यले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेपछि नेपालले पहिलो हाफमै ५–० को आरामदायी अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा भने नेपालले क गोल मात्रै थप्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा जेनिफर राणाले गोल गर्दै नेपाललाई ६–० को फराकिलो जित दिलाइन् ।

लगातार दोस्रो जितसँगै समूह ‘बी’ मा नेपालले दुइृ खेलबाट ६ अंक जोड्यो । प्यालेस्टाइन ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा नर्दन मारियाना आइल्यान्ड अंकविहीन हुँदै पुछारमा रह्यो । यो समूहबाट संयुक्त अरब इमिरेट्स (युएईं) ले अन्तिम समयमा नखेल्ने घोषणा गरेको थियो ।

पहिलो चरणबाट ८ समूहको विजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।

एएफसी यू–२० महिला एसियन कपमा सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुँदैछ । आयोजक उज्वेकिस्तानसहित २०१९ को विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टोली छनोट भइसकेका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.