default_image

3 years ago

March 12, 2023

आर्सनलको सानदार जित

247 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लन्डन क्लब आर्सनलले सानदार जित दर्ता गर्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ ।

घरेलु टोली फुलहमलाई ३–० ले पराजित गर्दै आर्सनलले शीर्षस्थानमा पुनः ५ अंकको अग्रता कायम गर्न सफल भएको हो तीन गोलमा नै लियान्द्रो ट्रोसार्डले असिस्ट प्रदान गरे । सबै तीन गोल पहिलो हाफमा नै भएको थियो ।

क्राभेन कटेज फुलहममा आइतबार राति भएको खेलमा आर्सनलको जितमा गाब्रिएल, गाब्रिएल मार्टिनेली र कप्तान मार्टिन ओडेगार्डले गोल गरे ।

खेलको १६औं मिनेटमा एन्टोनी रोविन्सनले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा आर्सनल अग्रता लिनबाट चुकेको थियो । तर, २१औं मिनेटमा गाब्रिएलले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए । उनले लियान्द्रो ट्रोसार्डको पासमा गोल गर्न सफल भएका थिए ।

२६औं मिनेटमा गाब्रिएल मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । मार्टिनेलीले पनि ट्रोसार्डकै पासमा गोल गर्न सफल भएका थिए ।

पहिलो हाफको थप गरिएको इन्ज्युरी समयमा कप्तान मार्टिन ओडेगार्डले लियान्द्रो ट्रोसार्डकै पासमा गोल गरेपछि आर्सनल पहिलो हाफमा ३–० ले अघि बढ्यो । दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफको गोल नै आर्सनलको जितमा पर्याप्त बन्यो ।

यस जितसँगै शीर्षस्थानको आर्सनलको २६ खेलबाट ६६ अंक पुगेको छ । आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई ५ अंकले पछि पारेको छ । सिटीको ६१ अंक छ । पराजित फुलहम ३९ अंक जोडेर आठौं स्थानमा छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.