default_image

3 years ago

March 12, 2023

म्यानचेस्टर बराबरीमा रोकियो

215 views

0 Bookmark

एजेन्सी – शीर्ष दौडमा रहेको म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ ।

१० खेलाडीमा समेटिएको म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो ।

ओल्ड ट्राफोर्डमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा नै घरेलु टोली १० खेलाडीमा समेटिन पुगेको थियो । ३४औं मिनेटमा युनाइटेड १० खेलाडीमा समेटिन पुगेको थियो ।

कार्लाेस अल्कारेजमाथि फउल गरेपछि रेफ्रीले सुरुवातमा पहेलो कार्ड देखाएपनि पछि भिएआरको सहायतामा रातो काडै देखाउँदै मैदान बाहिर पठाएपछि युनाइटेड १० खेलाडीमा समेटिएर खेल्नु परेको थियो ।

१० खेलाडीमा समेटिएपनि युनाइटेडले साउथह्याम्टनलाई बलियो चुनौती पेश गरेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।यस बराबरीसँगै तेस्रो स्थानमा रहेको युनाइटेडको २६ खेलबाट ५० अंक पुगेको छ ।

युनाइटेड शीर्षस्थानको आर्सनलसँग १६ तथा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ११ अंकले पछि छ । चौथो स्थानको टोटेनहमसँग २ अंकले अघि छ । टोटेनहमले एक खेल बढी खेलेको छ । साउथह्याम्टन २२ अंक जोडेर पुछारमा छ ।

अन्य नतिजा
फुलहमविरुद्ध आर्सनल (०–३)
वेस्टह्यामविरुद्ध एस्टन भिल्ला (१–१)

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.