3 years ago
March 13, 2023
एजेन्सी – ब्राजिली फरवार्ड राफिन्हाको गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित हात पारेको छ।बार्सिलोनाले घरेलु टोली एथलेटिको बिल्वाओमाथि १–० को झिनो जित निकालेको हो ।

सान मेमेस बिल्वाओमा आइतबार राति भएको खेलको पहिलो हाफमै राफिन्हाले गरेको गोल नै बार्सिलोनाको जितमा पर्याप्त बनेको हो ।
उनले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कप्तान सर्जियो बुस्क्वेट्सको पासमा गोल गर्न सफल भएका थिए । त्यसअघि १७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको प्रहारलाई बिल्वाओका गोलरक्षकले बचाए ।
३२औं मिनेटमा इनाकी विलियम्सको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाए । लगत्त ३३औं मिनेटमा बेरेनगुएरको कर्नरमा राहुल गार्सियाको डाइभिङ हेडर क्रसबारमा लागेर फर्कदा बिल्वाओ अग्रता लिनबाट चुक्यो ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । राफिन्हाले यो सिजन ला लिगामा ६ गोलसँगै ४ असिस्ट प्रदान गरिसकेका छन् ।
७२औं मिनेटमा इनाकीको प्रहार पोस्टमा लाग्दै फर्कदा बिल्वाओ बराबरीबाट चुक्यो । ७९औं मिनेटमा मुनिएनको प्रहारमा पनि टेर स्टेगन बाधक बने ।
८७औं मिनेटमा इनाकी विलियम्सले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा बिल्वाओ बराबरीबाट चुक्यो । उक्त गोलको मुभमा मुनिएनले ह्यान्ड भएको भन्दै भिएआरले गोलको मान्यता नदिदा बार्सिलोनाले जित निकाल्दै ३ अंक बटुल्न सफल भयो ।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इनाकीको प्रहारलाई गोललाइनबाट बचाए । रिवाउन्डमा गुरुजेटाको प्रहारमा टेर स्टेगन बाधक बने ।
यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले रियल म्याड्रिडलाई पुनः ९ अंकले पछि पारेको छ । बार्सिलोनाको २५ खेलबाट ६५ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको रियलको ५६ अंक छ । पराजित बिल्वाओ ३३ अंक जोडेर नवौं स्थानमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]