default_image

3 years ago

March 13, 2023

नेपाल, लाओस र भुटान सम्मिलित थ्री नेसन्स कप चैत दोस्रो साता

258 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा क्यालेन्डरमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालसहित लाओस र भुटानसम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल आयोजना गर्ने भएको छ ।

फाइल तस्बिर

एन्फाले सोमबार पत्रकार सम्मेलन गर्दै थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम हुने जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने थ्री नेसन्स कपमा नेपालसहित भुटान र लाओसको सहभागिता रहने एन्फाले जनाएको छ ।

सिंगल राउण्ड रोविनको आधारमा हुने थ्री नेसन्स कपमा नेपालले चैत ८ गते लाओससँग खेल्नेछ । चैत ११ गते भुटान र लाओसले खेल्नेछ । चैत १४ गते नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसपछि शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते प्रतिस्पर्धा गर्नेछ । फिफाले दुई खेललाई मात्रै आफ्नो क्यालेन्डरमा समावेश गरेकाले फाइनल खेल फिफाको क्यालेन्डरमा नहुने एन्फाले जनाएको छ । नेपालले नव नियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा खेल्नेछ ।

थ्री नेसन्स कपको लागि एन्फाले करिव १ करोड ७७ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । एन्फाका प्रवक्ता सुरेश शाहले थ्री नेसन्स कपका लागि फिलिपिन्स र मलेसियालाई प्रस्ताव राखेपनि उनीहरु अर्काे खेलमा व्यस्त रहनुपरेपछि लाओस र भुटानले खेल्ने पक्का भएको जनाएको छ ।

प्रतियोगितामा एन्फाले दुई फरक टिकट दर राखेको छ । सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको एन्फाले जनाएको छ । यसअघि नेपालले २०७७ को चैतमा नेपालले बंगलादेश र किर्गिस्तानको ओलम्पिक टोलीलाई समेटेर थ्री नेसन्स कपको आयोजना गर्दा नेपालले बंगलादेशलाई हराएर च्याम्पियन बनेको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.