default_image

9 years ago

January 1, 2017

मनाङ टुबोर्ग हेटौडा गोल्डकपको सेमिफाइनलमा

135 views

0 Bookmark

 हेटौंडा (हाम्रो खेलकुद)– दुई दिनअघि राष्ट्रिय च्याम्पियन बनेको एपिएफलाई हराउँदै साविकको विजेता मनाङ मस्र्याङ्दी क्लब हेटौंडामा जारी टुबोर्ग हेटौडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

mmc-vs-organizer

हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा भएको अन्तिम आठको खेलमा दुई दिन अघि सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेको एपिएफ क्लबको चुनौती ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि रक्षा अभियान सुरुवात गरेको हो । मनाङ दस खेलाडीमा सिमित भएर पनि नतिजा आफ्नो पक्षमा पारेको थियो ।

अफ्रिकन खेलाडी सिसकोले खेलको ३२ औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । उनले डोना थापाको कर्नर बलमा गोल गरेका थिए । ५५ मिनेटमा एपीएफका रञ्जन बिष्टलाई फाउल गरेबापत् मनाङका कप्तान सुजल श्रेष्ठलाई रेफ्री सुदिश पाण्डेले रातो कार्ड खाएका थिए । मनाङका लागि अफ्रिकन खेलाडी हफिज ओलावालेले ६६ औं मिनेटमा गोल गरेका थिए ।

ओलावाले ८४ औं मिनेटमा पनि थप गोल गर्दै टीमको अग्रतालाई बढाएका थिए । खेल सकिन दुई मिनेट बाँकी रहेको अवस्थामा एपिएफका अञ्जन बिष्टले गोल गर्दै खेलमा फर्किने संकेत गरेको थियो । अन्जनले थप समयको तेस्रो मिनेटमा गोल गर्दै मनाङको अग्रतालाई कम गरेका थिए । अञ्जनले ८५ औं मिनेटमा प्रहार गरेको क्रसबारमा लागेर फर्किएको थियो । एपिएफलाई स्वर्ण पदक दिलाउने क्रममा फाइनलमा दुई गोल गरेका थिए ।

img_6121
मनाङका प्रशिक्षक छिरिङ लोप्साङले खेलाडीहरु फिटनेस अवस्था कमजोर भएको कारण खेलमा गाह्रो भएको बताए । एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले धेरै खेलाडी घाइते भएको कारण खेलमा गाह्रो भएको बताए । खेलमा एएफयु म्यान अफ दी म्याच मनाङका मिडफिल्डर डोना थापा घोषित भए । उनले ट्रफिसहित तीनहजार रुपियाँ प्राप्त गरे । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

टुबोर्ग हेटौडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कपमा सोमबारको खेल 

  • संकटा क्लब काठमाडौंविरुद्ध डुकस्टार क्लब, भुटान

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.